११ र १२ कक्षाका विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न पाउनुपर्ने

enepalpatra , १००३  पटक हेरिएको

दिपेश राेक्का ,
कानेपाेखरी १४ फागुन ।मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलो बहुमुखी क्याम्पस भाैंसाबारीमा नेपाल विद्यार्थी संघको नयाँ समिति गठन भएको छ ।

आइतबार क्याम्पस परिसरमा भएको इकाई अधिवेशनले दिपेश राेक्कालाई सभापतिमा चयन गरेको छ ।यस्तै उपसभापतिमा सिर्जना चापागाईं र निस्चल लिम्बू , सचिवमा सम्झना श्रेष्ठ , बिवस कोइराला र काेषाध्यक्षमा मन्दिरा चापागाईं र अनुमाया राजवंशी चयन हुनु भएको छ । कार्यसमिति ३० सदस्यीय निर्माण गरिएको छ ।

नेपाल बिद्यार्थी संघ मोरङका उपसभापति सुशील श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्रेष्ठले नेपाल बिद्यार्थी संघले युवा विद्यार्थीहरुकाे हक,अधिकार स्थापित गराउन नेविसंघले ठुलो राजनीतिक भुमिका खेलेको बताउनुभयो ।नयाँ बनेको समितिलाई शुभकामना दिँदै आउने दिनमा योजना बनाएर संगठन निर्माण लाग्न आग्रह गर्नुभयो ।

निवर्तमान सभापति मनोज कार्कीले क्याम्पसले स्ववियु शुल्क लिने तर ११ र १२ का विद्यार्थीलाई स्ववियु निर्वाचनमा मदाधिकार नदिने निर्णयकाे बिराेध गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस माेरङ ३(१) का क्षेत्रीय सचिव हिम प्रसाद तिम्सिना , आर्दश समाज कानेपोखरीका अध्यक्ष ओमप्रकाश काेइरालाले शुभकामना दिनुभयो ।
प्रशिक्षार्थी पत्रकार

प्रकाशित मिति: २०२३-०२-२७ , समय : ०५:५१:१२ , ३ वर्ष अगाडि