ईनेपालपत्र समाचारदाता , ३४६ पटक हेरिएको
मोरङ, २५ पुस। मोरङको बिभिन्न स्थानहरुबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
मोरङ जिल्लाका सिमावर्ती क्षेत्रका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी निकासी गरी नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न प्रकारका रेडिमेड कपडा, साडी, खाध्यान्न सामग्री, कस्मेटिक लगायत करिव ४ लाख ३९ हजार ८ सय रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
बरामद भएका सामानहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालय बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०१-०९ , समय : १२:१६:५३ , ३ वर्ष अगाडि