बिराटनगरमा फुटपात अबरोध हटाउन सुरु

नागेश कोइराला बिराटनगर सुधारमा लागेको भन्दै स्थानिय द्वारा खुसी ब्यक्त

ईनेपालपत्र समाचारदाता , २७९  पटक हेरिएको

बिराटनगर, २० पुस। विराटनगर महानगरपालिकाले सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको छ । पटक–पटक सूचना सार्वजनिक गर्दा पनि नहटाएपछि महानगरको सरसफाई शाखा र नगर प्रहरीको समन्वयमा आजदेखि सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको हो । विराटनगरलाई सफा, सुन्दर व्यवस्थित र विकसित महानगर बनाउने अभियानअन्तर्गत निर्माण सामग्री हटाउन सुरु गरिएको छ ।

बिराटनगरको बिकासमा महानगर प्रमुख नागेश कोइराला र महानगरको टिमले जनमिखी कार्य गरिरहेको भन्दै स्थानीयले खुसी समेत ब्यक्त गरेका छन ।

प्रकाशित मिति: २०२३-०१-०४ , समय : ०६:४२:४१ , ३ वर्ष अगाडि