ईनेपालपत्र समाचारदाता , ५०४ पटक हेरिएको
लेटाङ , २१ मंसिर । उज्यालो जीवन प्रतिष्ठान नेपालको कार्यलय आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।
प्रतिष्ठानको आज एक कार्यक्रम गरि लेटाङ ९ का वडा अध्यक्ष नन्दप्रसाद खतिवडाले उद्घाटन गर्नुभयो ।
दुर्ब्यसनिमा फसेका ब्यक्तिहरुलाई पुनःस्थापन गर्ने उदेश्यले संचालनमा ल्याईएको उक्त प्रतिष्ठान लेटाङ ९ जाँतेमा स्थापना गरिएको हो ।
लेटाङका जागरुक युवाहरुको समुहले दुर्ब्यसनी मुक्त समाज निर्माण गर्ने पबित्र उदेश्य सहित स्थापना गरिएको उक्त प्रतिष्ठानमा हाल १५ जना दुर्ब्यसनिमा फसेका ब्यक्तिहरुले उपचार गराईरहेका छन ।
नसा युक्त जिवन परिवार र समाजको लागि घातक बन्ने र प्रयोगकर्ताको स्वास्थ्यमा समेत गम्भीर समस्या आउने भएकाले यस समस्या बाट मुक्त हुनका लागि प्रतिष्ठानले सहयोग गर्ने संचालक रेवत राईले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा अस्थायी प्रहरी चौकी जाँतेका प्रमुख राम कुमार कटुवाल , समाजसेवी कमल राई , सोम राई , महाशेर राई लगायतको उपस्थिती थियो ।
www.letangkhabar.com
प्रकाशित मिति: २०२२-१२-०७ , समय : १७:५६:२१ , ३ वर्ष अगाडि