डेंगु बाट बचाउन झुल बितरण

प्रशान्त निराैला , ५७४  पटक हेरिएको

लेटाङ १, कार्तिक । डेङो रोग बाट लेटाङका स्थानिय ठूलो जोखिममा परिरहेको अवस्थालाई मध्यनजर गर्दै लेटाङका कृयाशिल युवाहरुले झुल बितरण गरेका छन ।

लेटाङ ३ मिलन चौकका युवाहरुको समूह मिलन युवा समुहको पहलमा फ्रेन्ड विथ राईस फाउन्डेसन नेदरल्यान्डको सहयोगमा लेटाङ ३ मिलन चौकका एकसय परिवारलाइ गुणस्तरीय झुल प्रदान गरिएको हो । यो संगै उक्त समुहले लामखुट्टेको टोकाई बाट बच्न लगाईने क्रीम समेत बितरण गरेको कार्यक्रमका संयोजक गिरिस कार्किले बताए ।

नगरपालिकामा असोज महिनामा मात्र १६ जना भन्दा बढी डेङु संक्रमित बिरामी भेटिएका थिए । केही बिरामिलाई सघन कक्षमा राखेर समेत उपचार गर्नुपरेको थियो ।

हाल समेत डेङु संक्रमित बिरामिहरु अस्पतालमा उपचार गराईरहेका छन । लेटाङ १ आरुबोटेका स्थानिय १ युवा समेत डेङु संक्रमित भएर अस्पताल भर्ना भएका छन ।

प्रकाशित मिति: २०२२-१०-१८ , समय : २१:५२:०५ , ३ वर्ष अगाडि