सरोज र पुजा बने नोबेल मिस्टर एण्ड मिस थारु आइकन

थारु समुदायका लागि सहयोग गरिरहने डां शर्माको प्रतिवद्धता

ईनेपालपत्र , ३५१  पटक हेरिएको

बिराटनगर , २० असोज । सरोज चौधरी र पुजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् ।

विराटनगरमा भएको ग्राण्ड फिनालेमा प्रतिष्प्रधिहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पुजा मिस थारु आइकन घोषित भएका हुन् ।

थारु आइकनको उपाधि जितेसँगै सरोज र पुजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल विश्वास र सुजता चौधरी फस्ट रनरअप घोषित भए । विप्लव चौधरी र सन्ध्या सरदार सेकेण्ड रनरअप बनेका छन् । फस्ट रनरअप साहिल र सुजताले जनही ३० हजार र सेकेण्ड रनरअप विप्लव र सन्ध्याले जनही २० हजार नगद पुरस्कार पाएका छन् ।

उनीहरुलाई कांग्रेस नेता विजयकुमार गच्छदार, कांग्रेस नेता एवं नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्मा, माओवादी नेता अमनलाल मोदी, एमाले नेता विनोद ढकाल, थारु कल्याणकारिनी सभाका उपाध्यक्ष कनुलाल चौधरी लगायतले पुरस्कार प्रदान गरेका छन् ।

 नोबेल मिस्टर एण्ड मिस थारु आइकनको यो तेस्रो सिजन हो । प्रतियोगितालाई विराटनगरस्थित नोबेल मेडिकल कलेजले टाइटल स्पोन्सर गरेको हो । नोबेल अस्पताल सञ्चालक डा.शर्माले यसअघिका दुई वटा सिजनलाई पनि अस्पतालमार्फत प्रायोजन गराइदिएका थिए ।
थारु समुदायका लागि सहयोग गरिरहने प्रतिवद्धता
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका लागि आफुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नोबेल अस्पतालको प्रायोजनमा सञ्चालित नोबेल मिस्टर एण्ड मिस थारु आइकनको विराटनगरमा आयोजित समापन कार्यक्रमलाई संवोधन गर्दै डा.शर्माले थारु समुदायको संस्कार, सस्कृतिको प्रवद्र्धनका लागि सधै सहयोग गर्ने बताएका हुन् ।

       आफु थारु गाउँमै हुर्किएको स्मरण गर्दै डा.शर्माले थारु समुदायको संस्कार, सस्कृतिका बारेमा जानकार रहेको उल्लेख गरे । डा. शर्माले हरेक बर्ष मिस्टर एण्ड मिस थारु आइकनलाई नोबेल अस्पतालमार्फत प्रायोजन गर्दै आएका छन् । उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

थारु समुदायमा लुकेका प्रतिभाहरु रहेको भन्दै डा.शर्माले त्यस्ता प्रतिभाहरुलाई बाहिर ल्याउँन सदैव सहयोग गर्ने धारणा राखे । थारु आइकन जस्ता कार्यक्रमले यस्ता प्रतिभालाई उजागर गर्न सहयोग पुर्याउँने भएकाले आफुले कार्यक्रमलाई सहयोग गर्दै आएको उनले बताए ।

‘थारु समुदायमा पनि लुकेका प्रतिभा छन्, यस्ता कार्यक्रमले उनीहरुको प्रतिभा उजागर गर्न सहयोग गर्छ,’ डा.शर्माले भने, ‘थारु समुदायलाई सहयोग पुर्याउँनलाई मैले यो कार्यक्रममा सहयोग गर्दै आएको छु, आगामी दिनमा पनि यो सहयोग निरन्तर रहनेछ ।’

नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि डा.सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ । एकल नाम सिफारिसमा परेकाले सो क्षेत्रमा डा.शर्मा उम्मेद्वार बन्ने लगभग पक्कापक्की छ ।

प्रकाशित मिति: २०२२-१०-०६ , समय : ०९:४२:५० , २ वर्ष अगाडि