वडा कार्यालय भवन निर्माण बिबाद बिसयमा स्थानियले बुझाए ज्ञापन पत्र

ईनेपालपत्र , ४४२  पटक हेरिएको

लेटाङ , २३ भदौ । लेटाङ नगरपालिका वडा नं. २ मा कार्यालय भवन निर्माणका क्रममा आएको समस्यका बिसयमा वडा नं. २ का स्थानिय द्वारा ज्ञापन पत्र बुझाएका छन ।

आज वडा अध्यक्ष तेजप्रसाद तिम्सिनालाई वडा कार्यालयमा भेटेर स्थानियले भवन निर्माणको बिबादित बिसय बारे जनता लाई प्रस्टाउनुपर्नेमा जोड दिएका छन । जनताको पसिनाको बनाउदै भत्काउदै गर्दा आर्थिक क्षती हुने भन्दै स्थानियले अपरिपक्क कार्य गर्नेलाई छानबिन गरि कारबाही गर्नुपर्ने माग गरेका छन ।

बन क्षेत्रमा भवन बनाएको भन्दै बन कार्यालयले भवन निर्माणमा रोक लगाए पछि भवन निर्माणको कार्य रोकिएको ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो ।

एकीकृत हुनु अघि फडानी साकोसले वडा कार्यलयलाई जग्गा दिने भनेता एकीकृत भएपछी संस्थाले जग्गा दिन इन्कार गरेपछी उक्त ठाउँमा भवन बनाउन नसकिएको बताउनुभयो । जिल्ला समन्वय समितिले ४० लाख रुपैया दिने भएपछि तत्कालै काम गर्दा बृहत छलफल गर्न नसकिएको बताउनुभयो ।
हाललाई भवन निर्माण स्थगित गरिएको र आम सहमतिमा बृहत् छलफल पछि निर्माणको काम अघि बढाईने उहाले बताउनुभयो ।

प्रकाशित मिति: २०२२-०९-०८ , समय : २२:१६:५० , ३ वर्ष अगाडि