कानेपाेखरी महाेत्सव हुने

ईनेपालपत्र , ५८१  पटक हेरिएको

कानेपोखरी ८ भदौ  । माेरङकाे रमाइलोमा कानेपाेखरी महाेत्सव २०७९ आयाेजना गरिने भएको छ ।रमाइलो युवा क्लब,कानेपाेखरी व्यापार संघ,लायन्स क्लव अफ कानेपाेखरी र रमाइलो जेसीजकाे संयुक्त आयाेजनामा महाेत्सव आयाेजना गर्न लागिएको हाे । भदौ १२ बेलुका ५ बजे कानेपाेखरी गाउँपालिकाका अध्यक्ष राजमति इङनामले उद्घाटन गर्ने महाेत्सव १५ दिनसम्म सञ्चालन हुनेछ ।
रमाइलो युवा क्लबका अध्यक्ष नवीन पाैडेलले आज रमाइलोमा पत्रकार सम्मेलन गरेर महाेत्सवका विषयमा जानकारी गराउनु भयाे ।शैक्षिक, कृषि एवम् पर्यटन प्रबर्द्धनका कानेपाेखरी महाेत्सव भन्ने नारा तय गरिएको महाेत्सव अवधिमा विज्ञानका विद्यार्थीका लागि छुट्टै स्टल राखिनेछ । त्याे स्टल निशुल्क राखिनेछ र त्यहाँ हरेक दिन हात्तीसार क्याम्पस ,मनमाेहन पाेलिटेेक्निक,मदन भण्डारी स्मृति प्रतिष्ठानका बिज्ञानका विद्यार्थीले नयाँ नयाँ प्रविधिलाई प्रदर्शन गर्नेछन् ।त्यस्तै महाेत्सवमा कृषि उपकरणको ,ब्यापारिक स्टल समेत राखिनेछ ।
हरेक साँझ कलाकारहरूले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने मेलाबाट उठेको पैसाले एकै स्थानमा चार वटा कार्यलय अट्ने सामाजिक ग्राम निर्माण गर्ने उदेश्य राखिएको छ । राजेश कार्कीले स्वागत भाषण गरेको पत्रकार सम्मेलनमा कानेपाेखरी जेसीजका अध्यक्ष सन्ताेष फुयलले पनि बाेल्नुभएकाे थियो ।

प्रकाशित मिति: २०२२-०८-२४ , समय : ११:३२:२९ , ३ वर्ष अगाडि