प्रशान्त निराैला , ४४९ पटक हेरिएको
मोरङ,२२ साउन । मोरङको बिराटनगर महानगरपालिका-८ बालगोपाल टोलमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
शनिवार राती ९ बजे स्थानीय ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए ।
घाईते मुखियालाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०८-०७ , समय : १२:३९:५५ , ३ वर्ष अगाडि