rss , ३६४ पटक हेरिएको
काठमाडौँ,९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी लामो इतिहास बोकेको त्रिचन्द्र क्याम्पस जीर्णोद्धारका लागि तत्काल बजेट व्यवस्थापन गरी काम सुरु गर्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री देउवाको निर्देशनपछि त्रिचन्द्र क्याम्पस जीर्णोद्धार गर्न ७० करोड रुपियाँ उपलब्ध गराउने प्रक्रिया सरकारले सुरु गरेको छ। मुलुककै जेठो क्याम्पसका रूपमा रहेको त्रिचन्द्र क्याम्पसको सो भवनको उद्घाटन १९७६ साल असोज २७ गते भएको थियो। भवन निकै पुरानो भएको र भूकम्पको धक्काले गर्दा झन् जीर्ण अवस्थामा पुगेकोले त्यसको तत्काल पुनर्निर्माण गर्नुपर्ने चौतर्फी दबाब सिर्जना भइरहेको थियो।
आइतबार प्रधानमन्त्री देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, मुख्य सचिव शङ्करदास वैरागी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। धर्मकान्त बाँस्कोटा, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासनी, शिक्षा सचिव रामकृष्ण सुवेदी, पुरातत्त्व विभागका अधिकारीलगायत सरोकारवाला निकायका पदाधिकारीलाई बोलाएर जीर्ण भवनको पुनर्निर्माण गर्ने विषयमा छलफल गरी तत्काल पुनर्निर्माणका लागि निर्देशन दिनुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो।
प्रकाशित मिति: २०२२-०७-२५ , समय : ०६:४४:२७ , ३ वर्ष अगाडि