अवैध सुपारी बरामद

ईनेपालपत्र समाचारदाता , ४०८  पटक हेरिएको

झापा,२५ असार । झापाको मेचिनगर नगरपालिका-५ स्थित तिरिङ-काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारी सहित सवारी साधन बरामद गरेको छ । आज बिहान पौने ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टा तर्फ आउदै गरेको मे.१च ४९८० नम्वरको पिकअप गाडी चेक जाँच गर्दा करिव ७ सय के.जि. अवैध सुपारी अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैया मुल्य बराबरको बरामद गरेको हो ।
बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ बर्षीय दान बहादुर पोख्रल समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ ।

प्रकाशित मिति: २०२२-०७-०९ , समय : १७:०६:३४ , ४ वर्ष अगाडि