मुक्तिका अगाडि अरु फिका !

हरि काेइराला

उर्लाबारी, १६ असार । देशमा कुनै ठुलो भवितव्य नभए नेपाली कांग्रेसकाे १४ ओैं महाधिवेशन राेकिने वा सर्ने सम्भावना छैन । महाधिवेशनकाे मिति जति नजिकिँदै छ,उति नै कार्यकर्ताको सक्रियता बढेको छ । पुर्वी मोरङको उर्लाबारीमा जिल्लाका अरु नगर र गाउँको तुलनामा अलि बढी महाधिवेशन लागेको छ । सामाजिक सन्जाल र सञ्चारमाध्यममा एकपछि अर्को समाचार देखिन थालेपछि सक्रिय सदस्यहरू पनि सभापति कसलाई चयन गर्ने भन्ने लविङमा लागेका छन् । उर्लाबारी कांग्रेसको सभापतिमा यतिबेला सबैभन्दा बढि चर्चामा रहेको नाम हाे ,मुक्तिप्रकाश न्यौपाने । न्याैपानेले उमेदवारी घाेषणा गरेसँगै उर्लाबारी कांग्रेसकाे राजनीति एकाएक तातेकाे छ । न्यौपानेको उम्मेद्वारी घोषणाले युवा पुस्तामा आसा जगाएको छ भने पुरानो पुस्ताले भरोसा पाउने अपेक्षा गरेका छन् । एक किसानले भने – कार्यक्रममा बाेलाएकाे समय भन्दा ४ घण्टा ढिलाे आउने नेता चाहिएको छैन् । उनले थपे – पार्टीमा राणा शासन जस्तै छ,बाेल्नु नहुने ।बाेलाे कि पाेलाे । न्यौपाने नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा उदाएका काङ्ग्रेस कार्यकर्ता हुनुहुन्छ ।

 

काङ्ग्रेस र गैर काङ्ग्रेसमा पनि उत्तिकै लोकप्रियता कमाउनु भएका ४६ वर्षीय न्यौपाने २०४६ सालपछि राजनीतिमा प्रवेश गरेपनि पटक पटक राजकाज मुद्धामा थुना पर्नुभयो ।न्याैपानेले भन्नुभयो – केपी ओली जस्तै मान्छे मारेर जेल जानेहरू पनि यहाँ राजकाज मुद्दामा जेल बसेकाे फुँई लगाउँछन् । तर, इतिहास साक्षी छ । पार्टीलाई कमाउ धन्दामा प्रयाेग गर्ने केहीले संगठन ध्वस्त पारे । ठूला ठेक्कामा ईविडिङलाई कार्यन्वयन गर्दै जाउँ भन्दा उर्लाबारी नगरपालिकामा कत्रो राेइलाे भइरहेको छ । न्याैपाने थप्नुहुन्छ – पार्टी भनेको ब्यक्ति हाेइन,सामुहिक छलफलबाट निस्किएको निर्णयबाट कांग्रेस चल्नुपर्छ । आफ्नो घरमा अगरवत्ती र धुप सल्काउन आउनेलाई मात्रै कांग्रेस देख्नेहरूका बिरुद्ध मेराे उमेदवारी हाे । उहाँले जाेडदिँदै भन्नुभयो – पार्टी भित्र फरक मत राख्ने साथीहरूसँग पनि म सम्वादमा छु । सहमति ,सहकार्य र एकतालाई मुलमन्त्र बनाउने कांग्रेसले पार्टीको आदर्श बिर्सिनु त भएन नि । काङ्ग्रेसमा पारिवारिक विरासत र आशीर्वादको राजनीति टिक्ने गरेको छ । तर, न्यौपाने त्यस्ता राजनीतिक कार्यकर्ता हुनुहन्छ, जसलाई न कुनै विरासत जोगाउनु छ । न आशीर्वाद लिएर राजनीतिमा आउनु नै छ । न्यौपाने नेविसङ्घ मोरङकाे पुर्व जिल्ला सभापति हुनुहुन्छ ।

 

काङ्गे्रस सभापति गिरिजाप्रसाद कोइराला मुलुकको प्रधानमन्त्री समेत रहनु भएको बेला नेविसङ्घको सभापति बन्नु भएका न्यौपाने राजनीतिबाट बिचलित भएर कुनै जागिरमा जान सक्नुहुन्थ्यो । बिदेश जान्छु ,भन्दा कोइरालाले नाई भन्ने अवस्था थिएन । तर ,न्यौपाने न जागिरमा लोभिनु भयो । न बिदेश भासिनु भयो । सामान्य आर्थिक अवस्थाका न्याैपाने प्रजातान्त्रिक समाजवादको स्थायी कार्यकर्ता बनेर सधै आन्दोलनको मोर्चामा सहभागि हुनुभयो । राजाले प्रजातन्त्र खोसेर निरंकुश शासन सुरु गरेपछि कांग्रेसले काठमाडौं केन्द्रीत आन्दोलन सुरु ग¥यो । न खाने टुङ्गो थियाे न बासको ब्यवस्था । उहाँ पनि राजा हटाउने आन्दोलनमा सहभागी हुन काठमाडौं हानिनु भयो । संसद पुनस्र्थापनाको एक सुत्रीय माग सहित आन्दोलनमा उत्रिएकाे कांग्रेस सहितका सात दलले काठमाडौंमा जुलुस निकाल्दा धेरै मानिसहरू रत्नपार्कमा उभिएर हाँस्थे । न्यौपाने सम्झिनु हुन्छ– सुरु सुरुका दिनमा आन्दोलनमा निस्किने कार्यकर्ता औंंलामा गन्न सकिन्थ्यो ।

 

सात दलको आन्दोलनमा मुस्किलले सय जना उपस्थित हुँदा पनि न्यौपाने अग्रभागमा नेविसङ्घको झण्डा सहित देखिनु हुन्थ्यो । काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा तत्कालिन एमाले आधा प्रतिगमन सच्चिएको भन्दै सरकारमा गयो । तर, कांग्रेस सडक मै थियो । एमाले सरकारमा गएपछि आन्दोलन तुहाउन धेरै प्रयास भए । यद्यपि कांग्रेसको आन्दोलन थाकेन । न्यौपाने जस्तै नेविसङ्घका युवाहरूकाे बल र गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूको सफल नेतृत्वले आन्दोलन सफल भयो ।

तर, आन्दोलन सफल भएपछि त्यसको ‘तर’ खानेमा न्यौपानेका नाम आएन । उहाँ भन्नुहुन्छ – आन्दोलनका क्रममा मानव बधशाला नामले परिचित महाराजगञ्ज प्रहरी गुल्ममा लगेर म लगायतका नेतालाई थुन्यो । ५ दिन सम्म नजबन्दमा रहँदा बाँचिएला भन्ने आश थिएन । जब आन्दोलनले गणतन्त्रलाई संस्थागत गर्यो । त्यसबेला गिरिजाप्रसाद कोइरालासँग धेरै मानिसहरू भित्रिया भइसकेको थिए । न्याैपाने अहिले सम्झनु हुन्छ , म काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी भइरहँदा अहिले सभापतिकाे दाबी गर्नेहरू कहाँ थिए ,अनविज्ञ छु । म घरखेत जाेड्न आन्दोलनमा लागेको थिइन । काठमाडौं बसेर हाेस ,या बिराटनगर । जहाँ बसेपनि पार्टीको सिपाही बनेर आन्दोलनकाे माेर्चामा सहभागी भएको छु ।

न्यौपाने ‘ग्रासरुट’ बाट आएका कार्यकर्तालाई पार्टीमा टिक्न कठिन भएको बताउनु हुन्छ । नेविसङ्घको जिल्ला सभापति भएपछि बिराटनगर बस्नु भएका न्यौपानेलाई केहीले बिराटनगरबासीको संज्ञा दिए । केहीले पाहुना सम्म भन्न भ्याए । तर, न्यौपाने पार्टी संगठनका क्रममा बिराटनगर बस्नु बाध्यता भएको बताउनु हुन्छ । त्यसो त मुक्तिप्रकासले नेतृत्वको मोर्चा सम्हान लागेको यो पहिलो पटक भने होइन । विद्यालय पढ्दै उहाँ नेविसङ्घको नेता बन्नुभयो । सम्झनु हुन्छ– सुनपकुवा मावि मङ्गलबारेमा माध्यमिक तहको अध्ययन गर्दै गर्दा नेविसङ्घ इकाईको सचिव थिएँ । नेविसङ्घको क्षेत्रीय सदस्य हुँदै क्षेत्रीय सभापति भएँ ।

जिल्ला सभापति पनि कठिन समयमा भएर काम गरेको छु । उहाँले अब उर्लाबारी काङ्ग्रेसको सभापति बन्ने लक्ष्य राखेको सुनाउनु भयो । सानै उमेर देखि प्रजातान्त्रिक समाजवाद प्रति आकर्षित हुनु भएका न्यौपाने राजनीतिलाई पैसा कमाउने पेशाका रुपमा लिनु नहुने बताउनु हुन्छ । केही नेताहरू पार्टी संगठन जे सुकै होस पैसा कमाउन पाए भयो भन्ने मानसिकताबाट ग्रसित छन् । रुख चिन्हबाट मत पाएर जितेपनि आफ्नो बलले जितेको बुझ्नेहरू पनि कम छैनन् । तर ,न्यौपाने कांग्रेस प्रति जिम्मेवार भइरहने प्रतिवद्धता ब्यक्त गर्नु हुन्छ ।

चुनावमा के एजेण्डा लिएर जानु हुन्छ भन्ने जिज्ञासामा न्यौपाने थप्नुहुन्छ–समानुपातिक प्रतिनिधित्व संविधानमा ब्यवस्था भयो । न दुई तिहाई नजिकको सरकारले त्यो कार्यान्वयन गर्न सक्यो न प्रतिपक्ष बोल्यो । उर्लाबारी मै कांग्रेसले चुनाब जित्यो । ४ वर्षको अवधिमा एकाध सडकमा अलकत्र लगाउने बाहेक ठाेस काम भएकाे देखिदैन । हाम्रो पुस्ताको जिम्मेवारी भनेको संविधान कार्यान्वयन गर्ने हो । स्वास्थ्य र शिक्षाको पहुँच पनि संविधानमा मात्र छ । ब्यवहारमा छैन् ।

कालोपत्रे मात्र बिकास हो भन्ने बुझाईबाट माथि उठेर मानव संसाधनका क्षेत्रमा काम गर्नुप¥यो । तथ्याङ्कमा देखिने बिकासले हाम्रो पुस्ता निरास भइसक्यो । पार्टीमा एक ब्यक्ति एक पदको अवधारणा विकास गर्नुपर्ने अहिलेको आवश्यता भएको छ । न्यौपाने पार्टी भित्रको गुटगत नेतृत्वको अन्त्य होस भन्ने चाहाना राख्नु हुन्छ । चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– पार्टीमा योगदानको कदर हुनुप¥यो । धनवाद, डनवादको अन्त्य हुनुप¥यो । पाखुराको राजनीति अन्त्य भई बिचारको राजनीति भयो भने मलाई जीतबाट कसैले रोक्न सक्दैन