उर्लाबारीमा हाेटल अाकृति एण्ड रेस्टुरेन्टबुधबारदेखि सञ्चालनमा अाउँदै

उर्लाबारी ,२८ माघ । माेरङकाे उर्लाबारी ५ मा बुधबारदेखि हाेटल अाकृति एण्ड रेस्टुरेन्ट सञ्चालनमा अाउने भएको छ । दमक ७ का लक्ष्मी दाहाल सहित उर्लाबारीका केहि युवा व्यावसायीहरुले हाेटल सञ्चालनमा ल्याउन लाग्नु भएको हाे । भ्रमण वर्ष २०२० काे शुभारम्भसँगै सञ्चालनमा अाउन लागेको हाेटलमा एकै पटक एक सय जना पाहुनालाई सेवा दिन सकिने सञ्चालक दाहालले बताउनु भयाे ।

दाहालका अनुसार हाेटलमा थकाली खाना, स्थानीय जातका कुखुराको मासु,सिंङ्गै कुखुरा पाेलेर खाने व्यवस्था मिलाईएकाे छ ।हाेटलमा अाएका अतिथिले सिंधै किचनकाे सफाइ व्यवस्थापन समेत अवलोकन गर्न सक्ने सञ्चालकहरुकाे भनाइ छ । रेस्टुरेन्टकाे बीचमा किचन राखिने सञ्चालकहरुकाे भनाइ छ ।उर्लाबारी अाउने पाहुनाले नयाँ के खान पाउँछन् भन्ने जिज्ञासामा सञ्चालक दाहालले भन्नुभयो – तन्दुरी राेटी, चिकेन तन्दुरी ,विभिन्न फ्लेवरमा हुक्का ,पाेलेकाे सिंगाे लाेकल भाले हाम्रा अाकर्षण हुन् ।

झन्डै ७० लाख रुपैयाँकाे लगानीमा सञ्चालनमा अाउने हाेटलकाे उर्लाबारीका नगर प्रमुख खड्गबहादुर फागाेले बुधबार बिहान ११ बजे उद्घाटन गर्नु हुनेछ । उर्लाबारीकाे मालवाँसे पम्प उत्तर रहेको हाेटल अाकृतिमा सुविधा सम्पन्न सभाहल समेत उपलब्ध हुनेछ ।हाेटलमा १० जनाले राेजगार पाउने सञ्चालक दाहालले बताउनु भयाे ।