केराबारी १० मा चुलियो,चन्द्रबहादुरको चर्चा

enepalpatra , ७८९  पटक हेरिएको

केराबारी गाउँपालिका वडा नं.१० मा वडाध्यक्षका उमेद्वार चन्द्रबहादुर मगर

केराबारी, २७ बैशाख । मोरङको पश्चिम उत्तरमा रहेको केराबारी गाउँपालिका वडा नं.१० मा नेपाली कांग्रेसले युवा नेता चन्द्रबहादुर मगरलाई वडाध्यक्षको उमेद्वार बनाएको छ ।
उनै चन्द्रबहादुर यतिबेला चर्चाको शिखरमा छन् । मतदाताको घर घरमा पुगेर दुख सुख बाढिरहेका ३३ वर्षीय चन्द्र २०७४ को स्थानीय निर्वाचनमा वडा सदस्यको उमेद्वार थिए । त्यसबेला चुनाब नजिते पनि चन्द्रको सामाजिक सेवाको अभियान कहिल्यै रोकिएन । कोरोना कालमा उनकै नेतृत्वमा फुड बैंक सञ्चालन भयो । गाउँ गाउँमा सेनिटाइजर र मास्क बोकेर उनी घर घर पुगे । चुनाब जितेकाहरू कोरोनासँग डराएर घरमै बसेका थिए । बिरामीलाई अक्सिजन ब्यवस्थापन गर्ने , अस्पताल पु¥याउने मात्र होइन । काम नपाएर बेरोजगार भएकाहरूलाई फुड बैंक सञ्चालन गरी खानपिनको समेत प्रबन्ध मिलाए ,चन्द्रबहादुरले ।
चन्द्र कहिले ह्विल चियर लिएर अपाङ्गता भएका ब्यक्तिको घरमा पुग्छन् । त कहिले बैशाखी लिएर पुग्छन् । २०७३ सालमा नेकपा एमाले परित्याग गरी कांग्रेस राजनीतिमा प्रवेश गरेका मगरले नबपाइला बचत तथा ऋण सहकारी संस्था लि.को दुई कार्यकाल अध्यक्ष भएर जिम्मेवारी सम्हाले , चन्द्र अहिले पनि अध्यक्ष छन् । त्यति मात्र होइन, उनी कुवापानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सञ्चालक सदस्य , नेपाली कांग्रेसको वडा सचिव हुँदै हाल वडा सभापतिको जिम्मेवारीमा छन् ।
वडा नं. १० मा चन्द्रको टिमलाई भोट किन ?
चन्द्रले वडा भित्रका कालोपत्रे गर्नका लागि मापदण्ड पुगेका सबै सडक कालोपत्रे गर्ने ग्यारेन्टी गरेका छन् । वडालाई फ्रि वाइफाई जोन बनाउने , निशुल्क पशु र कृषि उत्पादन बीमा गर्ने,लक्षित वर्गका समूदायलाई तालिमको ब्यवस्था गरी स्वरोजगार बनाउने ,साप्ताहिक मङ्गलबारे बजारलाई हिलो र धुलोमुक्त बनाउने ,वडा मै मिनी शीत भण्डारको स्थापना गर्ने चुनाबी एजेण्डा तयार गरेका छन् । चन्द्र भन्छन्–वडा नं. १० र ३ को सीमाना खोल्सी किनार शुक्रबारे देखि निर्माणाधीन गाउँपालिका कार्यालय सम्म सडकको नयाँ ट्रयाक खोलिने छ । शव वाहनको ब्यवस्थापन गरि र मुक्तिघाटलाई सफा र सुविधा सम्पन्न बनाइने छ । उनले स्वास्थ्य बीमालाई प्रत्येक घरमा पु¥याइने र अति विपन्नलाई निशुल्क बीमाको ब्यवस्था गर्ने बताए । चन्द्र थप्छन्–महिला , गर्भवती, सुत्केरी , रगतको अभाव भएका र दीर्घ रोगीहरूका लागि पोषणको कार्यक्रम सञ्चालन गरिने छ ।कालोपत्रे भएका सडकहरूमा बजार क्षेत्रमा पैदल पथको ब्यवस्थापन गरी ठाउँ ठाउँमा जेब्रा क्रस निर्माण गरिने छ । वडा भित्रका सबै घर धुरीमा अनिवार्य विद्युत विस्तार गर्ने । मुख्य सडकमा सडक बत्तीको प्रबन्ध गर्ने । बजार क्षेत्रमा सोलार बत्तीको ब्यवस्था गरी सीसी क्यामेरा जडान गर्ने लगायतका एजेण्डा सहित उनको टिम चुनाबी मैदानमा उत्रिएको छ । चन्द्रको टिममा रुजा लिम्बू तामाङ महिला सदस्यको उम्मेद्वार छिन् । उर्मिला बिक दलित महिला सदस्य, र खुल्ला सदस्यमा सुजनकुमार श्रेष्ठ श्यामकुमार खतिवडा रहेका छन् ।

प्रकाशित मिति: २०२२-०५-१० , समय : ०६:४३:४६ , २ वर्ष अगाडि