काठमाडौंको ब्रह्मखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

Enepal Patra Pvt. Ltd. , ४००  पटक हेरिएको

काठमाडौं १९ चैत । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रह्मखेलमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सोमलिङ्गेश्वर मन्दिर संरक्षण समितिको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

कागेश्वरी स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १६७ जनाको रक्त परीक्षण, १५३ जनाको ईसीजी र ९८ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका २९ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजनकले जनाएको छ ।

केएमसीले बुधबार काठमाडौंको चुनिखेलमा शिविर सञ्चालन गरेर १०१३ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।

 

प्रकाशित मिति: २०२२-०४-०२ , समय : ०३:४१:०५ , २ वर्ष अगाडि