ढल्के जाेवन गाेल्डकप फागुन १३ देखि

Enepal Patra Pvt. Ltd. , ४११  पटक हेरिएको

हरि काेइराला
अमरदह ,फागुन ८ । मोरङको सुनवर्सी २ अमरदहमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्डकप फुटबल प्रतियोगिता २०७८ को आयोजना हुने भएको छ ।
यसअघि फागुन ७ गते हुने भनिएको प्रतियोगिता फागुन १३ गते देखि हुने भएको हो । खेलमैदानमा पत्रकार सम्मेलन गरी खेल हुने मिति ६ दिन पछि सारिएको छ ।ढल्के जोवन युवा क्लबका अध्यक्ष प्रताप तामाङले टिम ब्यवस्थापनमा केही समस्या भएकोले प्रतियोगिता ६ दिनपछि सार्नु परेको बताउनुभयो ।
मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमालको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले नेपाल ,भारत र भूटानका १२ वटा भेट्रान्स टिमले प्रतिस्पर्धा गर्ने बताउनु भयो ।तामाङका अनुसार भूटानको विआर क्लब थिम्पू, सिक्किमको गोर्खा फुटबल क्लब ,दार्जिलिङको एमएफ क्लबले प्रतियोगितामा सहभागीता जनाउने पक्का भएको छ ।यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब,सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं ,बिराटनगरको बिराट मेघा स्पोर्टस एकेडेमी , रुपन्देहीको बुद्धभुमि फुटबल एकेडेमी बुटबल ,हेटौडाको बि वाई क्लब,पोखराको पोखरा भेट्रान्स , सुनसरीको द योङ ब्रदर्स ,झापाको पूर्वाञ्चल भेट्रान्स र आयोजक ढल्के जोवन युवा क्लबले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
उपाधि बिजेतालाई ५ लाख ११ हजार नगद र गोल्डकप तथा उप विजेतालाई २ लाख ५१ हजार नगद सहित पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता आयोजना गर्न ५४ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सुनवर्षी २ को वीरेन्द्र सार्वजनिक माविको खेलमैदानमा हुनेछ ।
प्रतियोगितामा सहभागि हुन आउने पाहुना टिमका लागि आयोजकले आवासका लागि उर्लाबारी र पथरीशनिश्चरेका होटल ब्यवस्थापन गरेको छ ।

प्रकाशित मिति: २०२२-०२-२० , समय : ११:२७:३८ , २ वर्ष अगाडि