पृथ्वी जयन्तीमा वक्ताकाे माग एमसीसी हाेइन,राजा ल्याएर देश जाेगाओैं

Enepal Patra Pvt. Ltd. , ४५०  पटक हेरिएको

कानेपाेखरी २७ पुस । माेरङकाे कानेपाेखरी ३ , सलबले चाेकमा मङ्गलबार राष्ट्रवादी नागरिक समाजले ३००ओैं पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएकाे छ ।
स्वास्थ्य शिविर ,विभिन्न जात जातिकाे झाँकी तथा नृत्य र भजन कीर्तनकाे आयाेजना गरि पृथ्वी जयन्ती मनाइएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि डाक्टर राजेन्द्र पाेख्रेलले राजनीतिक दलहरूले आधा देश बेचेर खाइसकेकाेले नयाँ क्रान्ति सुरु गर्न आवश्यक भएको बताउनुभयो ।दलाल र देश बेचुवाबाट नेपाल जाेगाउनु पर्नेमा जाेडदिँदै डाक्टर पाेख्रेलले राजसंस्था बाहेक कसैलाई देश र नागरिकको माया नभएको उल्लेख गर्नुभयो । काेशी अञ्चल अस्पताल विराटनगरका पुर्व मेडिकल सुपरिटेन्डेन्ट
डाक्टर के एन ठाकुरले मानिससँग हेर्ने र चेतना प्राप्त गर्ने आँखा भएको बताउँदै कुनै पनि दृष्टिकोणबाट नेपालमा संघीय गणतन्त्र नफापेकाे धारणा राख्नुभयाे ।राजा पछि कसैले पनि राज्य सञ्चालन गर्न नजानेकाे उल्लेख गर्दै ,गाउँ घर समाज कतै पनि एकता नरहेको बताउनुभयो ।३० बर्ष यता एकता खलबलिएकाे छ ।काेहि जनताकाे सेवाका लागि आउँदैन । डाक्टर ठाकुरले थप्नुभयाे – गीत गाएर मात्रै राष्ट्र सेवा हुन्न ।खुसी र सन्तुष्ट भए धेरै बाचिन्छ ।धनले बचाउँदैन ,त्यसैले खुसी हुनका लागि समृद्ध देश र सुखी जनता हुन आबश्यक छ ।
पृथ्वी जयन्ती आयाेजक समारोहका संयाेजक सुवासचन्द्र निराैलाले
२०७२ सालकाे संविधान विदेशीकाे ईसारामा आएको आराेप लगाउनु भयाे ।राज्यका सबै अङ्गहरू कमजोर भएको बताउँदै निराैलाले सरकार लङ्गडाे भइसकेको दाबी गर्नुभयो । याे अदालतकाे सरकार हाे ।जनमतको सरकार त ढलिसक्याे । निराैलाले पैसाले देश किन्न पाइन्छ भने नेपालीहरू किस्ताबन्दीमा अमेरिका किन्ने क्षमता राख्छन के बिक्री हुन्छ त अमेरिका, उहाँको प्रश्न थियो । देश पुन एकपटक आन्दोलनमा जाने दाबी गर्दै उहाँले बिदेशी दलाललाई नखेदाए सम्म नेपालीकाे हित नहुने ठाेकुवा गर्नुभयो ।उहाँले
एमसिसि हाेइन, राष्ट्रिय हितका लागिअब राजाको बिकल्प नभएको दाबी गर्नुभयो ।कार्यक्रममा डाक्टर नारायण पाेखरेल बासुुदेव कार्की लगायतले पृथ्वीनारायण नारायण शाहकाे जीवनी र नेपाल एकीकरणका बिषयमा बाेल्नु भएको थियोे ।
कार्यक्रममा बरिस्ठ छाला राेग विशेषज्ञ डाक्टर के एन ठाकुरले २९ जना विरामीकाे स्वास्थ्य परीक्षण गर्नु भएको थियोे ।
यस्तै साेही अवसरमा आयाेजित जातीय नृत्य तर्फ लिम्बू जातिकाे च्याब्रुङ प्रथम घाेषित भयो ।सन्थान जातिकाे नृत्य दाेस्राे भयाे ।प्रथमलाई ४ हजार ५ सय र दाेस्राेलाई ४ हजार नगद सहित प्रमाणपत्र र राष्ट्रिय झण्डा प्रदान गरियो ।अन्य सहभागी सबै कीर्तन टाेलीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियोे ।
स्थानीय समाजसेवी माेहनप्रसाद खतिवडाकाे सभापतित्वमा भएको कार्यक्रमलाई सुर्यकला सापकोटा सञ्चालन गर्नु भएको थियोे ।

प्रकाशित मिति: २०२२-०१-११ , समय : १९:१३:४५ , २ वर्ष अगाडि