पथरी शनिश्चरे, २० पुस  । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ मा ८ दिने उद्यमशीलता विकास तालिम मंगलबार  सुरु भएको छ ।

नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटनका अवसरमा बोल्दै एक व्यक्तिले धेरै तालिम लिइ प्रमाणपत्र भेला पार्नुभन्दा एउटा विषयको तालिम लिएर आफु व्यवसायिक वन्नतर्फ सहभागिको ध्यानाकर्षण गराउनु भयो ।

कार्यपालिका सदस्य निर्मला गदालको अध्यक्षताको कार्यक्रममा वडा सदस्य खरिन्द्र धिमाल, घरेलु तथा साना उद्योग शाखा प्रमुख हेमचन्द्र दहालले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा बरिष्ठ उद्यम सहजकर्ता सपना कार्की र उद्यम सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नुभएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत वर्षबाट नगरमा यसखाले कार्यक्रम अघि बढेको हो ।

यसैबीच, नगर उपप्रमुख वास्तोलाले वडा नम्बर २ मा सञ्चालित लघु उद्यम कार्यक्रम अन्तर्गत सिलाइ कटाइ तालिमको अनुगमन गर्नुभयो । साथै उहाँले सोही वडामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना (दोस्रो) कार्यक्रम अन्तर्गत गौरी इन्टरनेशनल टेक्निकल एकेडेमीले सञ्चालन गरको ३ महिने निःशुल्क टेलरिङ तालिमको पनि अनुगमन गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.