पथरीशनिश्चरे, ६ पुस । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरमा महिला तथा किशोरीमाथि हुने हिंसालाई सवै मिलेर अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।

उपप्रमुख वास्तोलाले आज ओरेक नेपालको सहयोगमा पथरी शनिश्चरे महिला फेडेरेशनले आयोजना गरेको हिंसा विरुद्धको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै सो कुरा बताउनु भएको हो ।

उहाँले पछिल्लो समयमा पुरुषहरु समेत हिंसामा परेको प्रसंग अघि सार्दै जो कोहि पनि हिंसामा पर्न नहुने बताउँदै नगरपालिकाको न्यायिक समितिले कानूनी सचेतना सहितका हिंसा अन्त्य गर्नेखाले कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

‘सार्वजनिकस्थलमा महिला तथा किशोरीमाथि हुने हिंसा सम्बोधन कार्यक्रम अन्तर्गतको सार्वजनिक सुनुवाई’ कार्यक्रममा बोल्दै नेकपा एमालेका रमेश दहाल, नेपाली कांग्रेसका रुपनारायण भट्टराई, नेकपा समाजबादीका देवेन्द्र वनेम, शिक्षिका भूमिका मगर सहितले हिंसा अन्त्य गर्न प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी कृष्ण खड्काले महिला तथा किशोरी हिंसाका घटनाका दोषीलाई कारवाही गर्न प्रहरीले प्राथमिकता दिइरहेको बताउँदै सवै नागरिक आफु समेत सचेत र जिम्मेवार बन्नुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा सहभागि महिला तथा किशोरीहरुले आफुहरुमाथि भएका हिंसाका घटनाहरु सुनाएका थिए ।

फेडेरेशन उपाध्यक्ष निर्मला राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला अधिकारकर्मी सविता पोखरेल र ओरेक नेपाल विराटनगरकी कार्यक्रम अधिकृत गोमा भण्डारीले कार्यक्रममा आफ्ना प्रस्तुति राख्दै सहजिकरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.