नेकपा (माओवादी केन्द्र)१ न.प्रदेश कमिटी पदाधिकारीमा रचना राईको उम्मेदवारी

Enepal Patra Pvt. Ltd. , ५३९  पटक हेरिएको

नेकपा (माओवादी केन्द्र) प्रदेश न.१ कमिटी सह-सचिवमा माओवादी मोरङकी पुरानो र सशक्त नेतृ रचना राईले उम्मेदवारी घोषणा दाबी गर्नुभएको छ। पुर्वमा माओवादी आन्दोलनको उठान,विषम र युद्धकालिन अवस्थाहरुमा विभिन्न नेतृत्वदायी भुमिकामा रहेर काम गरिसक्नु भएकी रचना राई मोरङ माओवादीको बौद्धिक र बैचारिक महिला नेतृको रूपमा चिनिनु हुन्छ।

माध्यमिक तहको विधार्थी हुँदाबाटनै औपचारिक वामपन्थी विधार्थी राजनीतिमा जोडिनु भएकी रचना राई २०५५ सालमा भौसाबारी बहुमुखी क्याम्पस,कानेपोखरी अनेरास्ववियु (क्रान्तिकारी) ईकाई कमिटी र निर्वाचित स्वबियु सदस्य हुँदै सकृय राजनीतिको सुरुवात गर्नुभएको थियो। २०५८ बाट माओवादी भुमिगत पुर्णकालिन बन्नुभएकी उहाँले पुर्वमा जनमुक्ति सेनाको सुरुवाती निर्माण र विकास प्रक्रियामा सेल,कम्पनी र प्लाटुन हुँदै जनयुद्धकालमा पुर्वी नेपालमा भएका जनमुक्ति सेनाको विभिन्न सैन्य लडाइँहरुमा प्रत्यक्ष सहभागिता जनाउनु भएको थियो। सैन्य क्षेत्रबाट २०५९ सालबाट उत्तरी मोरङ पार्टी भुगोलको एरिया सेक्रेटरी,ईन्चार्ज,तत्कालीन मोरङ+सुनसरी जिल्ला सदस्य,मोरङ जिल्ला जनसरकार सदस्य हुँदै विभिन्न जनवर्गीय संगठनहरु अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय सदस्य,किराँत राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय सदस्यको नेतृत्वदायी भुमिका निर्वाह गरिसक्नु भएकोछ। नेकपा माओवादी मोरङ जिल्ला सचिवालय सदस्य,कोचिला राज्य समिति सदस्य ( २०६०-६४) भएर पार्टीको युद्धकालिन परिस्थितिबाट शान्तिपुर्ण अवतरणको विभिन्न खण्डमा अहंम र नेतृत्वदायी भुमिकामा निरन्तर सकृय रचना राई पहिलो संविधानसभाको निर्वाचनमा मोरङ जिल्लाबाट समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो।

तत्कालीन मोरङ २ न.क्षेत्रमा पार्टी उम्मेदवारलाई विजय गराउन ईन्जार्जको नेतृत्वदायी भुमिकामा खेल्नुभएकी नेतृ रचनाले लगभग अढाई दशक लामो माओवादी राजनीतिक यात्राको क्रममा पछिल्लो पटक नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य,केन्द्रिय आयोजक कमिटी सदस्य हुँदै भर्खरै सप्पन्न नेकपा (माओवादी केन्द्र)१ न.प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित हुनुभएकी रचना राईले प्रदेश न.१ पदाधिकारीमा सह-सचिवको उम्मेदवारी घोषणा गर्नुभएको छ। पार्टी नेतृत्वमा महिलाको पहुँचको व्यबहारिक अभिव्यक्ति मेरो उम्मेदवारी हो भन्दै नेतृ रचना राईले पार्टीमा महिलाको भुमिका र औचित्य लैङ्गकिक समानताका सैद्धान्तिक र विधानमा महिला सहभागिताको सुनिश्चितताको कुरा भएको आधारमा सहजताको पाटो पहिल्याएर उम्मेदवारी दिएको होईन,बरु पार्टी संगठन हाँकेर,कुशलतापुर्वक नेतृत्व गरेर आएका हामी महिला तत्कालीन युद्धकालिन समयमा युद्ध मैदानमा पनि अब्बल थियौं। शान्तिपुर्ण राजनीतिक अभ्यासमा पनि उत्तिकै पोख्त र काबिल छौं र हरेक परिस्थिति र परिवर्तनलाई आत्मासात गरेर अगाडि बढने कुरामा अरु सिर्जनशील,सकारात्मक,योग्य र क्षमतावान भएको बताउनुभयो।

प्रकाशित मिति: २०२१-१२-१८ , समय : १९:१६:१८ , २ वर्ष अगाडि