केन्द्रीय सदस्यको मतगणना सुरु

Enepal Patra Pvt. Ltd. , ३०६  पटक हेरिएको

काठमाडौँ,२ पुस । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भए लगत्तै केन्द्रीय सदस्यको मतगणना सुरु हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता केशव रिजालका अनुसार केही समयमा सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएपछि केन्द्रीय सदस्यको मतगणना सुरु हुनेछ । सुरुमा प्रदेश नम्बर २ को महिला केन्द्रीय सदस्इबाट मतगणना गर्ने तयारी भइराखेको उहाँको भनाइ छ ।

‘सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएपछि केन्द्रीय सदस्यको मतगणना सुरु हुन्छ’, उहाँले भन्नुभयो, ‘सुरुमा प्रदेश नम्बर २ को महिला केन्द्रीय सदस्यबाट मतगणना गर्ने तयारी भइराखेको छ ।’

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसक्नुभएको छ ।

सहमहामन्त्री अन्तर्गत अहिलेसम्म आदिवासी, महिला, दलित, पिछडिएको, खस–आर्य र थारु समूहबाट निर्वाचित भइसक्नु भएको छ ।
आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, महिलाको तर्फबाट महालक्ष्मी उपाध्याय ‘डिना’, तलिको तर्फबाट जीवन परियार, खस–आर्यको तर्फबाट किशोरसिंह राठौर, पिछडिएको क्षेत्रबाट बन्द्री पाण्डे र थारुबाट उमाकान्त चौधरी सहमहामन्त्री निर्वाचित भइसक्नुभएको छ । आठ सहमहामन्त्रीमध्ये केहीको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति: २०२१-१२-१७ , समय : १७:३०:५२ , २ वर्ष अगाडि