पथरीशनिश्चरे, १६ मंसिर । मोरङको पथरी शनिश्चरे नगरस्थित मतदाता नामावली संकलनका लागि स्थानीय सहयोग, समन्वय तथा प्रचार प्रसार समितिको आजको बैठकले प्रत्येक वडाको अलग अलग रुपमा भोलीबाट नगरपालिका कार्यालयमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।

प्रदेश निर्वाचन कार्यालयको पत्रानुसार १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिका साथै सो उमेर भन्दा माथिका मतदाता नामावलीमा नाम छुट व्यक्तिहरुका लागि मंसिर १७ देखि पुस २ गतेसम्म फोटो सहितको मतदाता नामावली संकलन गरिने निर्णय भएको छ । समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि सहितको बैठकले मंसिर १७ गते वडा नम्बर १, १८ गते २, १९ गते ३, २० गते ४, २१ गते ५, २२ गते ६, २३ गते ७, २४ गते ८, २५ गते ९ र २६ गते १० नम्बर वडाबासीका लागि मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । ती दिनहरुमा छुट हुनेका लागि मंसिर २७ देखि पुस २ गतेसम्म नामावली संकलन हुनेछ । मतदाता नामावलीको ठाउँसारी सहितको अद्यावधिक कार्यका लागि भनें जिल्ला निर्वाचन कार्यालयमै सम्पर्क गर्नुपर्ने निर्वाचन कार्यालयले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.