मोरङ १ को सभापतिमा राई निर्बिरोध निर्वाचित

Enepal Patra Pvt. Ltd. , १४४३  पटक हेरिएको

उर्लाबारी ६ मङ्सिर । नेपाली कांङ्ग्रेस मोरङ क्षेत्र नं. १ को सभापतिमा शङ्कर राई निर्वाचित हुनुभएको छ ।
सोमबार भएको उमेद्वार मनोनयन कार्यक्रममा शङ्कर राईको मात्र उमेद्वारी दर्ता भएपछि राई सर्वसम्मत निर्वाचित हुनु भएको हो । राई लेटाङ नगरपालिकाका नगर प्रमुख एवं पार्टीको महासमिति सदस्य समेत हुनुहुन्छ । यसअघि हालका सभापति एवं उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले सभापतिमा तेस्रो पटक मनोनयन दर्ता गर्ने चर्चा चलेको थियो । तर, एकाएक फागो ‘ब्याक’ हुनु भएपछि शङ्कर राई निर्विरोध हुनु भएको हो ।
फागोले क्षेत्रीय सभापतिमा पुन उमेद्वारी दिने चर्चाले राजनीतिमा पुस्ता हस्तान्तरणको कुरा उठ्न थालेको छ । शेरबहादुर देउवाको नेतृत्वबाट ५ वर्षमै कांग्रेसजन अघाएकाछन् । लगातार एउटै ब्यक्तिको नेतृत्व १५ वर्ष कसरी रुचाउँलान भन्ने प्रश्न उठिरहेका बेला फागो ब्याक हुनुलाई सकारात्मक रुपमा हेरिएको छ । फागो काङ्ग्रेसलाई आवश्यक पर्ने नेता हुन् ,उनलाई जिल्ला तहको नेतृत्वमा पु¥याउनु पर्छ,–एक कार्यकर्ताले भने । फागोले राजनीतिक ब्यावहार र चरित्र प्रस्तुत गर्नुभयो,उहाँलाई जिल्ला तहमा निर्वाचित गराउनु पर्छ, ,अधिकांश कांग्रेस कार्यकर्ताको भनाई छ ।
कांग्रेस स्रोतका अनुसार १३ औं महाधिवेशनमा फागोेले अन्तिम पटक भन्दै राईलाई क्षेत्रीय सभापति पद छोडिदिन आग्रह गर्नुभएको थियो । सोमबार भएको निर्वाचन कार्यक्रम अनुसार सचिव पदमा भीमप्रसाद पोखरेल र पर्वत राई सर्वसम्मत निर्वाचित हुनुभयो ।
१२ औं र १३ औं महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको मोरङ क्षेत्र नं. १ मा यो पटक क्षेत्रीय सभापति र सचिव पदमा मात्र सर्वसम्मत नेतृत्व चयन भयो । नयाँ विधान अनुसार प्रदेश निर्वाचन क्षेत्रका सभापति संघीय क्षेत्रको पदेन उपसभापति हुने ब्यवस्था छ । दुई सह सचिव , सदस्य र महाधिवेशन प्रतिनिधिको निर्वाचन मङ्गलबार उर्लाबारीको एभरेष्ट फनपार्कमा हुनेछ ।

प्रकाशित मिति: २०२१-११-२२ , समय : २२:०२:५० , २ वर्ष अगाडि