जहदा गोल्डकप २८ कात्तिक देखि

Enepal Patra Pvt. Ltd. , ३२१  पटक हेरिएको

उर्लाबारी , २५ कात्तिक । मोरङको कानेपोखरी–५,जहदामा कात्तिक २८ गते देखि मङसर ५ गतेसम्म भेट्रान्स जहदा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को आयोजना हुने भएको छ ।
जहदा भेट्रान्स जहदाको आयोजना एवं स्थानीय नव प्रगतीशिल समाज सेवा क्लबको संरक्षणमा प्रतियोगिता हुन लागेको हो । जहदा रङ्गशालामा हुने प्रतियोगितामा नवलपरासीको अभिषेक चर्च भेट्रान्स सहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । अन्य टिमहरूमा हाम्रो धरान,एभरेष्ट मोरङ,हाम्रो इटहरी,आयोजक,मर्निङ बिराटनगर ,विर्तामोड र दमकका भेट्रान्स फुटबल टिम रहेका छन् ।
प्रतियोगिताका विजेतालाई १ लाख रुपियाँ नगद सहित गोल्ड कप र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै उप विजेतालाई ५१ हजार नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन खेल हाम्रो धरान र एभरेष्ट मोरङ बीच हुनेछ । प्रतियोगिताको आयोजना गर्न ५ लाख रुपियाँ खर्च हुने आयोजक समितिका संयोजक डेनी राईले बताउनु भयो ।
मोरङ ३(१)का प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले उद्घाटन गर्नुहुने प्रतियोगिताको समापन कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले गर्नुहुनेछ ।

प्रकाशित मिति: २०२१-११-११ , समय : १८:३८:३३ , २ वर्ष अगाडि