पथरीशनिश्चरे नगर उपसभापतिमा सन्ताेषकाे दाबी

Enepal Patra Pvt. Ltd. , ५३९  पटक हेरिएको

पथरी(मोरङ), १० असाेज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गाउँ ,नगर अधिवेशन आगमी असाेज १६ गतेलाई तय भएको छ ।
वडाको अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले गाउँ ,नगर समिति ,प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेशको क्षेत्रीय समिति ,केन्द्रीय महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति र जिल्ला समितिकाे नेतृत्व चयन गर्नेछ ।
यसै बीच मोरङको पथरीशनिश्चरे नगरको नगर उपसभापतिमा युवा नेता सन्तोष कार्कीले आफ्नो दावी प्रस्तुत गर्नु भएको छ । कांग्रेसको १० औं महाधिवेशनमा क्रियाशील सदस्यता प्राप्त गर्नु भएका कार्की हाल पथरीशनिश्चरे नगर समितिको सदस्य हुनुहुन्छ । साविकको हसन्दह गाविस राज्य पुनसंरचना पछि पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ मा समाहित भयो । हसन्दह नेपाली कांग्रेसको उर्वर क्षेत्र मानिन्छ । त्यही उर्वर ठाउँबाट कांग्रेसको राजनीति सुरु गर्नु भएका कार्कीले माध्यमिक तहको अध्ययन भने पथरीको पञ्चायत माविमा गर्नुभयो । पञ्चायत मावि उसबेला एमाले अखिलको राम्रो गढ मानिन्थ्यो । अखिलको गढमा नेविसंघको सदस्य भएर बस्न धेरै गाह्रो थियो । सुरु सुरुमा साथीहरूले सन्तोषलाई पनि कम्युनिष्ट बनाउन धेरै जोडबल गरे । तर, सन्तोष नडगमगाई नेविसंघको संगठनमा लागि रहनु भयो ।
विद्यालय पढ्दा होस , वा क्याम्पस । ब्यापार गर्दा होस वा कृषिकर्म । जहाँ जे गरेपनि उहाँ नेपाली कांग्रेससँग जोडिएर रहनु भयो । लामो समय कांग्रेसको राजनीति गरे पनि उहाँले पद र प्रतिष्ठाको लोभ गर्नु भएन । साथीभाइ र अग्रजले भनेपछि कुरा नकाट्ने कार्कीको बानीले सबैलाई मोहित गरेको छ । उहाँ निकटहरू भन्छन्– कार्की सधैं सर्वसम्मतको पक्षमा उभिनु हुन्छ ।आफू भन्दा अग्रजले भनेपछि पद र प्रतिष्ठा पनि त्यागी दिने कार्की यो पटक पथरीशनिश्चरेको नगर उप सभापतिको दाबी गरिरहनु भएको छ । तपाईको चुनाबी एजेण्डा चाँही के छन् भन्ने जिज्ञाषामा कार्कीले भन्नुभयो– उप सभापतिलाई केन्द्र देखि गाउँ/नगर तह सम्म प्रशिक्षणको संयोजक बनाउने ब्यवस्था छ । उहाँले भन्नुभयो –प्रत्येक कांग्रेस कार्यकर्तालाई कांग्रेसको नीति र सिद्दान्तका विषयमा जानकारी दिनुपर्छ । प्रशिक्षित कार्यकर्ताबाट मात्र संगठन बलियो हुन्छ । बलियो संगठन भए स्थानीय तह देखि संघीय संसद सम्मको निर्वाचन जित्न सकिन्छ । उप सभापतिमा निर्वाचित भएपछि कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गर्नु भएका कार्कीले भन्नुभयो – मेरो अर्जुन दृष्टि नै रुख चिन्ह लिएर उम्मेद्वार बनेका साथीहरू बिजयी गराउने हुनेछ ।
हसन्दह पथरीशनिश्चरे नगरपालिकामा समाहित भए पनि अझै नगरपालिका जस्तो हुन सकेको छैन् । हसन्दहको भूगोल नगरपालिकामा जोडियो । तर,बिकासमा अझै पनि हसन्दह पछि परिरहेको छ । मानव संसाधनको बिकास होस , या भौतिक पूर्वाधार बिकास होस । हसन्दह अझै पनि नगरको मूल धारसँग जोडिन सकेको छैन् । अझै सम्म कुनै पनि बैंकले हसन्दहमा शाखा बिस्तार गरेका छैनन् । राज्यले दिने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अझै पनि पथरी थाउनु पर्ने अवस्था छ । कार्की भन्नुहुन्छ – पार्टीले तयार गर्ने बिकास निर्माणका समग्र एजेण्डाले नगरका सबै क्षेत्र,वर्ण, लिङ्ग, जात, धर्म समेटिनु पर्छ । यो नै मेरो प्रमुख राजनीतिक एजेण्डा हो । गुट वा समूह भन्दा सामुहिक प्रयासबाट निर्णय निर्णय लिने कार्की आफू उप सभापति भए पथरीशनिश्चरेमा कांग्रेसलाई विजयी बनाउने दाबी गर्नुहुन्छ ।
ब्यवसायसँगै राजनीतिमा हाेमिनु भएका कार्की सामाजिक क्षेत्रमा समेत उत्तिकै चर्तित हुनुहुन्छ । समस्या लिएर कार्कीसँग पुग्नेहरू भन्छन् – सन्ताेषले राजनीति भन्दा माथि उठेर सर्वसाधारणका काम गरिदिनुहुन्छ ।

प्रकाशित मिति: २०२१-०९-२६ , समय : १९:४३:१२ , ३ वर्ष अगाडि