लिम्बूको घरमा भएको घटना प्रति कानेपोखरी कांग्रेसको ध्यानाकर्षण

Enepal Patra Pvt. Ltd. , ४९२  पटक हेरिएको

कानेपोखरी(मोरङ),१८ भदौ । नेपाली कांग्रेस कानेपोखरीले पार्टीका जिल्ला सदस्य एवं संगठन विभागका सदस्य शेरबहादुर साम्वा लिम्बूको घरमा भदौ १६ गते राति भएको घटना प्रति भर्त्सना गरेको छ ।
मोरङ कानेपोखरी– ६ ,शिवालय टोल बस्ने लिम्बू माथि भएको घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै कानेपोखरी कांग्रेसका सभापति योगेन्द्रप्रसाद दाहालले घटनाको निष्पक्ष छानविन गरी दोषी उपर हदै सम्मको कारवाही गर्न जोडदार माग गर्नु भएको छ । शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै दाहालले यस्ता घटनाबाट विचलित नहुँन लिम्बूलाई आग्रह गर्दै पीडितलाई न्याय दिलाउन पार्टी कटिबद्ध रहेको उल्लेख गर्नु भएको छ  । विज्ञप्तिमा भनिएको छ– पार्टीका जिल्ला सदस्य लिम्बूलाई परेको चोट प्रति पार्टी गम्भीर बनेको छ । लिम्बू मात्र होइन, सम्पूर्ण नेपाली नागरिकको सुरक्षामा नेपाली कांग्रेस प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेस बिधि र कानूनी शासनको पक्षमा रहेको गाउँ सभापति दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गाउँ कांग्रेसले विज्ञप्तिमा घटना बारे केही नखुलाए पनि भदौ १६ गते राति जिल्ला सदस्य लिम्बूको ज्यान लिने उदेश्यले स्थानीय रुद्र क्षेत्री अमेरिकन पेस्तोल सहित लिम्बूको घर छिरेका थिए ।

प्रकाशित मिति: २०२१-०९-०३ , समय : २१:४२:३४ , ३ वर्ष अगाडि