पथरीशनिश्चरे ३ को वडा सभापतिमा सुवासको दाबी

Enepal Patra Pvt. Ltd. , १०४९  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ), १८ भदौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएसँगै वडा देखि केन्द्र सम्म उम्मेद्वारी घोषणा भइरहेको छ । यसैबीच मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ३ को सभापतिमा ‘युवाले गर्छ देश बिकास,जान्नु पर्छ अब । हाम्रो मान्छे हैन, राम्रो मान्छे,छान्नु पर्छ अब । भन्ने अभियानका साथ सुवास तामाङ(शुक्र)ले उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
पार्टीका सबै जसो कार्यक्रममा अग्रमोर्चामा देखिने तामाङ आगामी स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउने अभियानमा हुनुहुन्छ । पार्टीलाई क्लबका रुपमा सञ्चालन नगर्ने बताउँदे तामाङले सानमूहिक निर्णयबाट वडा सञ्चालन गर्ने प्रतिवद्धतान ब्यक्त गर्नुभयो । नेपाल तरुण दलको वडा सभापति भइ काम गरिसक्नु भएका तामाङ भातृ संगठनबाट माउ पार्टीको राजनीतिमा प्रवेश गर्न लाग्नु भएको हो ।
राजनीतिमा पूस्ता हन्तान्तरण भए मात्र संगठन दर्बिलो हुन्छ । उहााले केन्द्रमा पुस्तान्तरणको कुरा भइ रहन्छ तर, जहिल्यै उही अनुहार देखिन्छन् । तामाङ भन्नुहुन्छ – पूस्ता हन्तान्तरण नभएकोले राजनीति बिकाशले फड्को मार्न सकेको छैन । राजनीतिक विकास बिकास बिना भौतिक विकास कल्पना पनि गर्न सकिन्न । एक ब्यक्ति एक पदका पक्षपाती तामाङ वडा बाटै यो नियम लागु भए सबै साथीहरूलाई समेट्न सकिने धारणा राख्नुहुन्छ । पार्टीका ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्दै युवाहरू काम गर्ने अबसर दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो – मैले जिते भने पार्टी भित्रको बेथिती,बिसंगतिको अन्त्य गर्नेछु । आर्थिक प्रलोभनमा फसेर पार्टी हित विपरित कुनै अप्रिय निर्णय नगर्ने तामाङ दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो –३ नम्वर वडामा पार्टीको आफ्नै वडा कार्यालय निर्माण गर्न जग्गा खोजी र भवन निर्माणका लागि आर्थिक जुटाउने छु ।तामाङ भाषणमा भन्दा काममा विश्वास गर्नुहुन्छ । उहाँले भन्नुभयो –वडामा पार्टीका सबै भातृ संगठनलाई चलायमान बनाउने छु । चुनाबका बेला माक्र कांग्रेस सत्रिय हुने गरेको उल्लेख गर्दै तामाङ भन्नुहुन्छ– वडाका सबै साथीहरूको दुख सुखमा साथ दिने छु ।

प्रकाशित मिति: २०२१-०९-०३ , समय : २१:०३:१८ , ३ वर्ष अगाडि