पथरीशनिश्चरे १९ साउन ।

कोरोना भाइरसको संक्रमणका कारण प्रत्यक्ष पठनपाठनमा समस्या भएपछि मोरङको पथरी शनिश्चरे नगरमा वैकल्पिक विधिबाट पठनपाठन गराउने विषयमा छलफल भएको छ ।

नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको आजको वैठकले कोरोना संक्रमणका कारण भौतिक उपस्थितीमा पठनपाठन गर्न सम्भव नभएकाले सवै विद्यालयले कस्तो कस्तो वैकल्पिक विधिबाट पठनपाठन गर्न सहज हुन्छ, सोही अनुरुप पठनपाठन अघि बढाउने निर्णय भएको हो । केहि विद्यालयहरुले अनलाइनमार्फत पठनपाठन सञ्चालन गरेको र वाँकीले समेत उपयुक्त वैकल्पिक विधिबाट पठनपाठन थाल्न र नगर शिक्षा शाखामा सो को जानकारी गराउने निर्णय भएको शिक्षा अधिकृत नविन खुलाल बुढाथोकीले जनाउनु भयो ।

वैठकले, भदौ १५ गते भित्रमा विद्यालयहरुको तथ्याङक अद्यावधिक गर्ने इआइएमआइएसको नयाँ स्वरुपमा विद्यालयका आवश्यक सम्पूर्ण विवरण अपलोड गरिसक्नु पर्ने पनि निर्णय भएको उहाँले जानकारी गराउनु भयो । त्यसैगरी, विद्यालयहरुले वुझाउन वाँकी रहेको आफ्नो प्रगति विवरण भदौ मसान्तभित्र वुझाइसक्ने पनि वैठकले निर्णय गरेको छ ।

नगर शिक्षक महासंघका अध्यक्ष अर्जुनकुमार वुढाथोकीको अध्यक्षता तथा नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले र सामाजिक विकास समितिका सदस्य भद्रमान विश्वकर्माको आतिथ्यतामा वैठक सम्पन्न भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.