गाउँपालिकाले नै खोलिदियो लाभग्राहीको बैंक खाता

Enepal Patra Pvt. Ltd. , ८१८  पटक हेरिएको

कानेपोखरी(मोरङ), १७ साउन । मोरङको कानेपोखरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि योग्य भई सामाजिक सुरक्षा प्रमाण पत्र भएर पनि सामाजिक सुरक्षा खाता खोल्न असमर्थ भएका लाभग्रहीहरूको एनआइसी एसिया बैंकमा खाता खोली दिएको छ ।
  लाभग्राहीको खाता खोलेर सबै वडा कार्यालयहरूमा सुचना पठाएपछि लाभग्राहीले आ–आफ्नो वडाबाट सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै सामाजिक सुरक्षा खाता नखोलि अन्य प्रकृतिका खोता खोलेका लाभग्राहीको समेत गाउँपालिकाले बैंक खाता खोलिदिएको छ । सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीले अब एनआईसी एसियाको जुन सुकै शाखाबाट सेवा लिन सक्नेछन् । त्यसरी खाता खोलिएका लाभग्राहीले पहिलो पटक सेवा लिन बैंक पुग्दा नेपाली नागरिकताको प्रमाणपत्र, सामाजिक सुरक्षा प्रमाण पत्र र पासपोर्ट साइजको दुई प्रति फोटो समेत लिएर जानु पर्नेछ । सामाजिक सुरक्षा भत्ता संरक्षक मात्र प्राप्त गर्ने लाभग्राहील्े संरक्षकको नागरिकता र पासपोर्ट साइजको फोटो आवश्यक पर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । गाउँपालिकाले नै लाभग्राहीको बैंक खाता खोलिदिएपछि बैंक सम्म पहुँच नपुगेका सर्वसाधरण ज्येष्ठ नागरिकहरू खुसी भएका छन् ।

प्रकाशित मिति: २०२१-०८-०१ , समय : २०:३९:३८ , ३ वर्ष अगाडि