पथरीशनिश्चरे , ७ साउन ।नेपाल पत्रकार महासंघ मोरङ शाखाले पुर्वाेत्तर मोरङका पाँच वटा शैक्षिक संस्थाहरुमा आम सञ्चार र पत्रकारिता बिषयकाे पठनपाठन सुरु गर्न माग गरेकाे छ ।
बिहीबार नेपाल पत्रकार महासंघ मोरङको टोलीले उर्लाबारीको उर्लाबारी बहुमुखी क्याम्पस, पथरीशनिश्चरेको पञ्चायत मावि, लेटाङको शान्ति भगवती मावि, सुन्दरहरैंचाको सुकुना र बेलबारीकाे भगवती माविमा ११ र १२ कक्षामा आम सञ्चार (पत्रकारिता) बिषयमा पठनपाठन सुरु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएकाे हाे ।
नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, सहसचिव प्रशान्त निरौला, सदस्यहरु तेजन खड्का, सुरेश अधिकारी, नवराज भट्टराई, बबिता राई, दिपा धिमाल लगायतकाे टाेलीले पाँच वटै शैक्षिक संस्थामा पुगेर ज्ञापन पत्र दिएको हाे ।
सूचना तथा आम सञ्चारको महत्व बढ्दै गएपनि पछिल्लो समय ठुला शहरमा मात्रै आमसञ्चार विषय अध्ययन – अध्यापनहुने गरेको छ । जसले गर्दा ग्रामीण क्षेत्रका विद्यार्थीले पत्रकारिता र आम सञ्चार विषय पढ्न पाएका छैनन् महासंघ माेरङका उपाध्यक्ष माेहनप्रसाद भट्टराईले पत्रकारिता क्षेत्रमा नयाँ पुस्ताकाे आकर्षण रहेपनि अध्ययन गर्न कठिन रहेको बताउनुभयाे ।
पूर्बी मोरङका कुनै पनि शैक्षिक संस्थाहरुमा पत्रकारिता बिषय पढाई नभएको कारण जिल्लामा कार्यरत पत्रकारहरु अधिकांश तालिम र अभ्यासको भरमा पत्रकारिता गर्दै आएका छन् । तल्लो तहमा पत्रकारिता पढ्न नपाएको कारण अन्य बिषयमा नै स्नातक, स्नातकोत्तर गरेर बिभिन्न मिडियाहरुमा काम गर्दै आएका छन् ।

ज्ञापनपत्र बुझ्ने क्रममा उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख बेधनाथ भट्टराईले बिषय थप गरेर पत्रकारिता राख्ने प्रयास गर्ने बताउनुभयाे ।
पथरीशनिश्चरेको पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले पत्रकारिता बिषय थप्न समस्या नहुने बताउनु भयाे । एउटा बिषय मात्र थप्दा विद्यालयलाई ठूलो ब्यय भार पनि नपर्ने भएकोले सल्लाह गरेर बिषय थप्न सकिने बुढाथोकीकाे भनाइ छ।
लेटाङको शान्ति भगवती माविका प्रधानाध्यापक श्रीप्रसाद ढकालले विद्यालयमा बिषयहरु थप्ने कुरा भइरहेकाले पत्रकारिता थप्न सकिने उल्लेख गर्नुभयो । त्यसैगरी सुन्दरहरैंचाको सुकुना माविका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले नागरिकको चेतना बृद्धि र विकृति बिसंगतिको नियन्त्रणको लागि पत्रकारिता बिषय आवश्यक रहेको बताउनु भयाे । श्रेष्ठले पत्रकारिता बिषय थप गर्ने बिषयमा विद्यालयको ध्यान केन्द्रित भएको प्रतिक्रिया दिनुभयाे।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.