उर्लाबारी,६ साउन । नेपाल तरुण दल उर्लाबारी नगर समितिका सभापति नारायण सिटौलाले बुधबारबाट आफू संगठनको काममा फर्किएको घोषणा गर्नु भएको छ ।
वीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारेर सिटौलाले दलको नियमित काममा फर्किएको बताउनु भएको हो । दमकको होटल वन्डरलैण्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति सिटौलाले आफू चौथो नगर अधिवेशनबाट उर्लाबरी नगरको सभापति पदमा निर्वाचित भएको बताउनु भयो । निर्वाचित भएर संगठन बिस्तारको अभियानमा लागि रहेको थिएँ । पत्रकार सम्मेलनमा सिटौलाले भन्नुभयो – ब्यापारिक र घरायसी कार्य ब्यस्तताका कारण संगठनलाई समय दिन नसके पछि ०७४ साल जेठमा उप सभापति रोहित कार्कीलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिएको थिएँ ।
हाल आएर संगठनको काम आफै सम्पादन गर्न सक्ने अवस्था आएकोले आजकै मितिबाट कार्यबहाक सभापति रोहित कार्कीलाई दिइएको जिम्मेबारी फिर्ता लिएको घोषणा गर्दछु–सिटौलाद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । सिटौला नेपाल तरुण दल जिल्ला कार्य समिति मोरङका सचिव सचिन शाक्यको रोहवरमा पत्रकार सम्मेलन आयोजना गरी काममा फर्किनु भएको हो । पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– कार्यबहाक जिम्मेवारी दिएपछि तरुण दलको संगठन कमजोर भयो । म निर्वाचित सभापति हुँ , अब आफै नेतृत्व गरेर उर्लाबारीको तरुण दललाई हाक्छु ।
सभापति सिटौलाले पत्रकार सम्मेलन आयोजना गर्दा उर्लाबारीका ७५ बढी युवाहरूको सहभागिता रहेको थियो । उहाँले आफू जिम्मेवारीमा फर्किएको बोद्धार्थ पत्र नेपाली कांग्रेस जिल्ला कार्य समिति मोरङ, नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १,नेपाल तरुण दल जिल्ला कार्य समिति मोरङ,नेपाली कांग्रेस उर्लाबारी नगर समिति र नेपाल तरुण दल क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ लाई पठाउनु भएको छ ।
 को हुन नारायण ?
नारायण सिटौला नेपाली कांग्रेसका स्थायी कार्यकर्ता हुनुहुन्छ । पार्टी संगठन भने पछि हुरुक्क हुने सिटौलाको राजनीतिक यात्रा २०५० देखि सुरु भएको हो । इटहराको सरस्वती माध्यमिक विद्यालयमा नेपा विद्यार्थी सङ्घको इकाई सचिव भएर पार्टी संगठनमा बाँधिनु भएका सिटौला २०५१ मा तत्कालिन क्षेत्र नं. १ को क्षेत्रीय सचिबमा निर्वाचित हुनुभयो । गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट राजनीतिमा होमिनु भएका सिटौलालाई त्यतिबेलै देखि राजनीतिको भोक लाग्न थालेको हो ।
कलेज जीवन सुरु भएपछि उहाँ उर्लाबारी बहुमुखी क्याम्पसको ईकाई सचिबमा चयन हुनुभयो । बामपन्थीहरू जगजगी भएको उर्लाबारी क्याम्पसमा स्ववियूको निर्वाचनमा सदस्य पदको टिक ट पनि पाउनु भयो । यद्यपि सफलता हात लागेन । आफ्ना साथीभाइका लागि जस्तोसुकै कठिन अवस्थामा पनि सहयोग गर्न तयार हुने सिटौला ब्यापार क्षेत्रमा पनि उत्तिकै सफल ब्यावसायि मानिनु हुन्छ । ब्यापार र राजनीतिलाई सँगै लाने सोचका साथ उहाँ तरुण दलको सभापतिमा फर्किनु भएको छ । उहाँले भन्नुभयो – पार्टी संगठनलाई क्लब वा कम्पनीका रुपमा प्रयोग गर्नेहरू परिपाटीको अन्त्यका लागि तरुण दल लागि पर्नेछ । सिटौलाले संगठनमा कसैलाई निषेध नगरी अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.