क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै कांग्रेस मुख्यालयमा धर्ना

Enepal Patra Pvt. Ltd. , ५२०  पटक हेरिएको

 काठमाडौं ३ साउन ।नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन शुरु गरिएको छ ।

नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य डा चन्द्रमोहन यादवको नेतृत्वमा रामपल्टन शाह, दिनेश नायक लगायतले धनुषा क्षेत्र नं १, क्षेत्र नं ४, सिरहा र सप्तरीको क्रियाशील सदस्यतामा विवाद भएको जनाउँदै आज बिहान ११ः३० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरु गरेका हुन् ।

पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको, कांग्रेस जिल्ला कार्यसमितिको संस्थागत निर्णयलाई कार्यान्वयन नगरेको उल्लेख गर्दै आफूहरु आमरण अनशनमा बस्न बाध्य भएको डा यादवले राससलाई जानकारी दिए । आफूले राखेका माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने उनको भनाइ छ ।

प्रकाशित मिति: २०२१-०७-१८ , समय : २०:३७:०० , ३ वर्ष अगाडि