११ हजार २ सय बिरुवा रोपियो

Enepal Patra Pvt. Ltd. , ५२८  पटक हेरिएको

कानेपोखरी, ३१ असार । ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूह कानेपोखरी–७ ले बुधबार ७ हेक्टर क्षेत्रमा वृक्षारोपण गरेको छ ।
क्षेत्र नं.३ ले संयोजन गरेको वृक्षारोपण कार्यक्रममा ११ हजार २ सय विरुवा रोपिएको छ । कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कानेपोखरी–६ को सुन्तलीमा गरिएको वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ताराबहादुर काफ्लेले स्थानीय सरकारले पनि बन संरक्षण कार्य बिधि ल्याएको बताउनु भयो । गाउँपालिकाका कुनै पनि सामूदायिक वनले कर नतिरेको बताउँदै उहाँले गत वर्ष पनि वृक्षारोपणका लागि १२ लाख रुपियाँ सहयोग गरेको बताउनु भयो ।
सामूदायिक वनको क्षेत्र नं.३ का अध्यक्ष शेरबहादुर लिम्बूको सभापतित्वमा भएको वृक्षारोपण कार्यक्रममा वन डिभिजन कार्यालय मोरङका डिभिजनल वन अधिकृत अनिरुद्रप्रसाद शाह ,सामूदायिक वन महासंघ प्रदेश नं. १ का सचिव अग्नि पौडेल,सामूदायिक जिल्ला बन महासङ्घ मोरङका अध्यक्ष रामकृष्ण राई र सामूदायिक वनका अध्यक्ष नवीन राईले समेत बोल्नु भएको थियो । ग्रामीण सुधार सामूदायिक बनको २१ लाख रुपियाँ खर्चमा वृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बनका अध्यक्ष नवीन राईले बताउनु भयो । वृक्षारोपण क्षेत्रमा तारवार समेत लगाइएको छ ।

प्रकाशित मिति: २०२१-०७-१५ , समय : २१:४३:१३ , ३ वर्ष अगाडि