रतुवामाईमा मेयरकप टि 20 क्रिकेट हुने

Enepal Patra Pvt. Ltd. , ६०१  पटक हेरिएको

हरि काेइराला
रतुवामाई(माेरङ), ३१ चैत । माेरङकाे रतुवामाई नगरपालिकाले वडास्तरीय टी 20 मेयर कप क्रिकेट प्रतियोगिता २०७७ काे आयाेजना गर्ने भएको छ ।
मंगलबार नगर युवा तथा खेलकुद समितिले पत्रकार सम्मेलनकाे आयाेजना गरि खेल सम्बन्धि जानकारी गराएकाे हाे ।
प्रतियोगितामा नगरका १० वटा वडाले प्रतिस्पर्धा गर्नेछन् । नगरकाे ९ लाख १ हजार रुपियाँ आर्थिक सहयाेगमा हुने क्रिकेट प्रतियोगिताका विजेतालाई १ लाख रुपियाँ नगद सहित ट्रफि र उप विजेतालाई ५० हजार नगद सहित ट्रफि प्रदान गरिनेछ ।नगरकाे वार्ड नं.७ स्थित गढीझार क्रिकेट मैदानमा हुने प्रतियोगितामा विभिन्न सात विधामा पुरस्कार दिइनेछ ।
यस्तै प्रत्येक खेलमा एकजनालाई म्यान अफ द म्याच सहित नगद ३ हजार र ट्रफि प्रदान गरिने छ ।
नगर युवा तथा खेलकुद समितिका अध्यक्ष मंगल सिंह चाेङवाङले प्रतियोगिता बैशाख १० गते सम्म सुरक्षा सावधानी अपनाएर आयाेजना गरिने बताउनुभयो ।
खेलकुद समितिका सदस्य सचिव – सुदिप जैसवालले भन्नुभयो -गत फागुन ४ गते समिति गठन भएपछि पहिलोपटक क्रिकेट प्रतियोगिता आयाेजना गर्न लागिएको हाे ।गत वर्ष मेयर कप फुटबल आयोजना गरेकाे नगरले हरेक वर्ष खेलकुदका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: २०२१-०४-१३ , समय : १२:४२:३४ , ३ वर्ष अगाडि