कानेपोखरीमा ३१ हजार २सयलाई हात्तीपाइलेको औषधि खुवाइने

enepalpatra , ६०६  पटक हेरिएको

कानेपोखरी,१९ चैत । मोरङको कानेपोखरी गाउँपालिकाले चैत २० गते देखि हात्तीपाइले रोग बिरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिहीबर स्थानीय पत्रकारसँग भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेले औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । समाचार तथा सूचनामार्फत अभियानको प्रचार प्रसार गाउँ गाउँमा पु¥याई दिन उहाँले आग्रह समेत गर्नुभयो । चैत २० देखि २९ गतेसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाले घर घरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम रहेको प्रष्ट्याउदै उहाँले गाउँवासीलाई औषधि सेवनको लागि आव्हान समेत गर्नुभयो ।
पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत गायत्र श्रेष्ठले हात्तीपाइले विरुद्धको औषधि सबै गाउँवासीले खाएर हात्तीपाइले रोग निवारणको अभियान सफल पार्न आह्वान गर्नुभयो । कार्यक्रममा स्वास्थ्य शाखाका रोहेन्द्र राजभण्डारीले गाउापालिकाका ३१ हजार २ सय जनालाई स्वास्थ्यकर्मीहरूको सहयोगमा घर घरमा पुगेर औषधि वितरण गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहाँले पालिका भित्रका २ वर्ष मुनिका १ हजार ७०१ जना बालबालिका,गर्भवती १ हजार ९० जना र सिकिस्त विरामी र बिदेश रहेका गरी ८ हजार ७ सय बाहेक सबैलाई औषधि खुवाइने जानकारी दिनुभयो । गर्भवती, ७ दिनसम्मको सुत्केरी, जटिल रोगी र ओछ्यान परेका विरामी एवं २ वर्ष मुनिका बालबालिकाले यो औषधि सेवन गर्नु हुँदैन ।
गाउँपालिकाले गत वर्ष ७५ प्रतिशत गाउँबासीलाई औषधि सेवन गराएको थियो । यो वर्ष ९० प्रतिशतलाई औषधि खुवाउने लक्ष्य गाउँपालिकाले लिएको छ । शुक्रबार १० बजे गाउँपालिका परिसरमा हात्तीपाइले रोगको औषधि खुवाउने कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०२१-०४-०१ , समय : १७:४९:५१ , ३ वर्ष अगाडि