बाल बिबाह राेक्ने लेटाङ नगरबासीकाे सामुहिक प्रतिबद्धता

Enepal Patra Pvt. Ltd. , ६७६  पटक हेरिएको

लेटाङ,२४ फागुन ।पहाडी ग्रामीण बिकास संस्था उत्तरी मोरङ(हर्डन)ले सोमबार मोरङको लेटाङमा बाल बिबाह अन्त्यका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
नगर प्रमुख शङ्कर राईले सरोकावालाहरू सँग सामूहिक प्रतिबद्धता जनाउँदै कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख राईले बाल बिबाहका गोप्य सूचना नगरपालिकालाई दिने ब्यक्तिलाई नगरले पुरस्कृत गर्ने बताउनु भयो । उहाँले भन्नुभयो – बाल बिबाहले समाजमा समस्या थप्ने काम मात्र गरिरहेको छ । आमा र बच्चा असुरक्षित हुने त छदैछ । सानै उमेरमा बिबाह गर्दा परिवारमा बेमेल हुने , छोडपत्रका घटना बढेका र गरिवीका कारण सानै उमेरमा लागु औषधको कुलतमा फस्ने सम्मको समस्या आउने गरेको उहाँले बताउनु भयो ।
उप प्रमुख कृष्णकुमारी निरौलाले नेपाललाई सन् २०३१ सम्ममा बाल बिबाह मुक्त देश बनाउने अभियान सफल पार्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले बाल बिबाह छुटाएपछि आउने समस्यालाई समेत सँगै सम्बोधन गर्न नसकिए थप जटिलता आउने उल्लेख गर्नुभयो ।
हर्डनका अध्यक्ष टेकबहादुर लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका शिक्षक , विद्यार्थी , जन प्रतिनिधि, सञ्चारकर्मी र महिला अधिकारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा हर्डनका कार्यक्रम संयोजक सुरेश अधिकारीले लकडाउन यता लेटाङ नगरपालिकाका वार्ड १, २,७ र ८ नं. मा १२ वटा बाल बिबाहका घटना भएकोमा २ वटा बिबाह मात्र रोक्न सकेको बताउनु भयो ।

प्रकाशित मिति: २०२१-०३-०८ , समय : २०:४४:३८ , ३ वर्ष अगाडि