मितेरी च्यालेन्ज कपको सञ्चालन बचत ४ लाख बढी

Enepal Patra Pvt. Ltd. , १३२५  पटक हेरिएको

कानेपोखरी(मोरङ),७ फागुन  । देश विदेशमा भएका शुभेच्छुकहरूको आर्थिक सहयोगमा भएको मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ सञ्चालनमा ४ लाख ९ हजार १८० रुपियाँ बचत भएको छ ।
आयोजक मितेरी युवा क्लबले पत्रकार सम्मेलन गर्दै सञ्चालन बचत ४ लाख बढी भएको जनाएको हो । क्लबले सार्वजनिक गरेको हिसाव विवरण अनुसार १२ लाख ३६ हजार ९२१ रुपियाँ आय भएको छ । ८ लाख २७ हजार ७४१ रुपियाँ खर्च भएको छ । गाउँबाट बैदेशिक रोजगारमा गएका र स्थानीयबाट ९ लाख ७६ हजार ९२१ रुपियाँ आर्थिक सङ्कलन भएको छ । यस्तै मुख्य प्रायोजक टेन्सवर्ग वियरबाट १ लाख १० हजार ,कानेपोखरी गाउँपालिकाबाट १ लाख , कानेपोखरी–७ नं. वडा कार्यालयबाट ५० हजार रुपियाँ प्राप्त भएको छ ।
खर्च तर्फ विभिन्न२१ शीर्षकमा ८ लाख २७ हजार ७४१ रुपियाँ खर्च भएको पत्रकार सम्मेलनमा जनाइएको छ । क्लबका सचिव अनील परियारले सकेसम्म कम खर्चमा प्रतियोगिताको आयोजना गर्ने उदेश्य थियाे ।त्याे पुरा भएको छ ,उहाँले भन्नुभयो ।अध्यक्ष अमृत चेम्जोङले बचेको रकमबाट क्लबलाई संस्थागत गर्ने र प्रतियोगितालाई निरन्तरता दिने बताउनु भयो । माघ २४ गते देखि फागुन १ गते सम्म भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ टीमको सहभागिता रहेको थियो । प्रतियोगिताकाे प्रथम पुरस्कार ५१ हजार रुपियाँ स्थानीय देवनन्द गुरुङ र सुजन गुरुङले आफ्ना स्वर्गीय बुबा आमाको स्मृतिमा सौजन्य गर्नु भएको थियो । साेही बलबाट क्लबले फुटबल खेल आयोजना गर्ने कार्यक्रम तय गरेको थियोे ।

प्रकाशित मिति: २०२१-०२-१९ , समय : १७:३८:४२ , ३ वर्ष अगाडि