कृषि प्रदर्शनीमा किसानकाे उल्लेख्य सहभागिता

Enepal Patra Pvt. Ltd. , १२८७  पटक हेरिएको

लेटाङ, ६ फागुन ।मोरङको लेटाङ नगरपालिकाले ब्यावसायिक कृषि उत्पादन गरिरहेका किसानहरूलाई प्रोत्साहन गर्ने उदेश्यले बिहीबार कृषि उत्पादन प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ ।
प्रदर्शनीमा नगरका ८५ जना ब्यावसायिक किसानकाे उत्पादन राखिएकाे थियो । तरकारी, फलफूल,दलहन , ओैध्याेगिक कृषि,अन्नबाली र नगदेबाली उत्पादन गरी विभिन्न सय प्रकार कृषिबाली प्रदर्शनीमा राखिएको थियो । उत्तरी मोरङको लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा नै कृषि उत्पादन प्रदर्शनी गर्न १ लाख रुपियाँ विनियोजन गरेको थियो । नगरपालिका परिसरमा भएको प्रदर्शनीमा ६ विधामा उत्कृष्ठ छनौट गरी पुरस्कृत समेत गरिएको छ । कृषि ज्ञान केन्द्र विराटनगर, सुन्दरहरैचा नगरपालिका र केरावारी गाउँपालिकाका कृषि शाखा प्रमुख रहेको विशेषज्ञ टोलीले किसानको बाली छनौट गरी पुरस्कृत गरेको हो । अन्नबाली तर्फ विनिता चम्लागाई,गङ्गामाया विक,सन्तबहादुर राई र विकास तिम्सिना क्रमश प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुनुभयो । यस्तै तरकारी बाली तर्फ नारायण श्रेष्ठ,देबी कार्की,पदमप्रसाद भट्टराई र फडिन्द्र न्यौपाने क्रमश प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुनुभयो । नगदे वाली तर्फ ललित कला कृषि फर्म, संयुक्त कृषि फर्म , गणेश तिम्सिना र जयबहादुर तामाङ क्रमश प्रथम , द्वितीय ,तृतीय र सान्त्वना हुनुभयो । औद्योगिक बाली उत्पादन तर्फ चन्द्रबहादुर राई, शिव शक्ति सुपारी उत्पादन केन्द्र, मनरथ न्यौपाने र चुडामणि पोख्रेल क्रमश प्रथम, द्वितीय ,तृतीय र सान्त्वना हुनुभयो । फलफुल बाली तर्फ नगेन्द्र घिमिरे, बीर्खबहादुर राई , हरिप्रसाद भण्डारी र सीता पौडेल क्रमश प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुनुभयो । यसैगरी दलहन बाली तर्फ जयबहादुर तामाङ,बिकास तिम्सिना,गङ्गामाया विक प्रथम ,द्वितीय र तृतीय हुनुभयो । पुरस्कृत सबै किसानलाई नगरपालिकाका प्रमुख शङ्कर राई, उप प्रमुख कृष्णकुमारी पाेखरेल,प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहाल लगायतले पुरस्कृत गर्नुभयो । प्रथमलाई २ हजार रुपियाँ, द्वितीयलाई १ हजार ५ सय रुपियाँ, तृतीयलाई १ हजार रुपियाँ र सान्त्वनालाई ५ सय रुपियाँ सहित प्रमाण पत्र प्रदान गरिएको नगरका कृषि शाखा प्रमुख करण श्रेष्ठले बताउनु भयाे ।

प्रकाशित मिति: २०२१-०२-१८ , समय : २०:४१:३७ , ३ वर्ष अगाडि