लोहोन्द्रा पूर्वका किसानले बैशाख देखि पानी लगाउन पाउने

Enepal Patra Pvt. Ltd. , ६८०  पटक हेरिएको

हरिप्रसाद कोइराला
बेलबारी(मोरङ), २७ माघ । लोहोन्द्रा खोला पूर्वका किसानले आगामी बैशाख देखि खेतमा पानी लगाउन पाउने भएका छन् । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तरगत निर्माण भएको लोहोन्द्रा खोला मुनिको साइफन २०७४ साउन २८ गतेको बाढीले भत्काएपछि त्यस क्षेत्रका किसान आकासे पानीको भरमा खेती गर्दै आएका थिए ।
खोला भन्दा मुनिबाट पानी डोहो¥याउने कुलालाई प्राविधिक भाषामा साइफन भनिन्छ । बाढीले पुलसँगै साइफन भत्काएर बगाउँदा ३४ करोड रुपियाँ क्षति भएको थियो । नहरको पानी जाने कुलो (साइफन ) भत्किएपछि मोरङको लोहोन्द पूर्वको ११ हजार हेक्टर जमीनमा सिंचाई हुन सकेको थिएन । सुनसरी मोरङ सिंचाई आयोजना विराटनगरका इन्जिनीयर नित्यानन्द झाले भन्नुभयो –१५५ मिटर साइफन भत्किएको थियो । साइफन निर्माणका लागि आयोजनाले ४५ करोड २५ लाख २६ हजार ४५७ रुपियाँको लागत अनुमान गरेको थियो । टेण्डर आह्वान पछि स्वामी नारायण तथा आशिर्वाद जेभीले २९ करोड ९७ लाख ५६ हजार ७७१ रुपियाँमा निर्माण गर्ने ठेक्का लिएको इन्जिनीयर झाले बताउनु भयो । २०८० भदौ ३० गते निर्माण सम्पन्न गरेर साइफन आयोजनालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । तर, चालु आर्थिक वर्षमा सरकारले उपलब्ध गराएको ७ करोड रुपियाँको काम ९९ प्रतिशत सम्पन्न भइसकेको उहाँको भनाई छ । निर्माण कम्पनीले गत वर्षको बैशाखमा काम थालेको हो । बजेट अपुग भएपनि काम रोकिएको छैन् ।
साइफन बनेपछि पानी लोहोन्द्रा पूर्व आउने भएपनि अरु धेरै प्राविधिक कामहरू बाँकी हुनेछन् । किसानलाई पानी चाहिएको हो । हामीले सकेसम्म छिटो किसानको खेतमा पानी पु¥याउँने गरी काम गरिरहेका छौं , उहाँले भन्नुभयो ।
यता कानेपोखरीको झमनपुर नहर शाखाका अध्यक्ष खङ्गलाल शाहले साइफन बनेसँगै नहरको सरसफाई अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले भन्नुभयो – पानी नआउने भएपछि नहर दुबै किनारको माटो झरेर पुरिइ सकेको थियो । आयोजनाको ५ लाख रुपियाँ बजेटमा नहरको १५ किलोमिटर क्षेत्र र सहायक नहरको सफाई गरेको बताउनु भयो ।

प्रकाशित मिति: २०२१-०२-०९ , समय : १९:५६:३८ , ३ वर्ष अगाडि