मितेरी क्लब अन्तिम चारमा,इटहरी घर फर्कियाे

Enepal Patra Pvt. Ltd. , ९१२  पटक हेरिएको

कानेपोखरी,२४ माघ। एक पक्षीय खेलमा सनत फुटबल क्लब इटहरीलाई ४-० गाेल अन्तरले हराउँदै आयाेजक मितेरी युवा क्लब मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिताकाे अन्तिम चारमा पुगेको छ ।उद्घाटन खेलमा मितेरी क्लबका विजय ढकालले छैटौं मिनेटमा उद्घाटन गाेल गरे ।मोरङको कानेपोखरी ७ स्थित
जन कल्याण मा.बि को खेल मैदानमा भएको खेलमा मितेरीका लागि सराेज कार्कीले २ गाेल गरे ।
खेलकाे २० ओेैं मिनेटमा संजय धिमालले अर्काे १ गाेल ठाेके ।आजको खेलमा २ गाेल गर्ने मितेरी क्लबका सराेज कार्की म्यान अफ दि म्याच घाेषित भए ।कार्कीलाई २ हजार सहित ट्रफि प्रदान गरियो ।प्रतियोगिताको पहिलो गोलकर्ता खेलाडीको रुपमा आयोजक टिमकै बिजय ढकाल पुरस्कृत हुँदै नगद १ हजार हात पारेका थिए ।आइतबार एपीएफ पकली ले गाइघाट फुटबल क्लबकाे सामना गर्ने छ ।
यसअघि प्रतियोगिताको उद्घाटन प्रदेश सांसद सुयर्माराज राईले गरेका थिए ।

प्रकाशित मिति: २०२१-०२-०६ , समय : २१:२६:५० , ३ वर्ष अगाडि