योङ ब्रदर्स सिरिजङ्घा सेमीफाइनल प्रवेश ,बेलबारी घर फर्कियो

Enepal Patra Pvt. Ltd. , ६८९  पटक हेरिएको

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे(मोरङ), १२ माघ । टाइब्रेकरमा बेलबारी फुटबल क्लबलाई ४–३ गोल अन्तरले हराउँदै इलामको योङ ब्रदर्स सिरिजङ्घा फुटबल क्लब पाँचौ अन्तर्राष्टिय« आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट अन्तिम निर्णय गरिएको हो । टाइब्रेकरमा योङ ब्रदर्सका दिवश गिरी ,राजकुमार कन्दङ्वा,सन्तोष न्यौपाने र सनम भुजेलले गोल गरे । योङ ब्रदर्सका दिपेश धिमालको प्रहार मैदान बाहिर गयो । बेलबारी फुटबल क्लबका बिक्रम धिमाल,विवेक पौडेल र मौसम लिम्बूको प्रहार गोलमा परिणत भयो भने कासमि राई र सुसन लामाको प्रहार योङ ब्रदर्सका गोल रक्षक बिशाल दर्लामी मगरले बचाउ गरे ।
यस अघि खेलको ७ आंै मिनेटमा योङ ब्रदर्सका सनम धिमालले बेलबारी बिरुद्ध गोल गर्दै खेलमा१–० को अग्रता कायम गरे । १७ औं मिनेटमा बेलबारीका तीर्थ बस्नेतको पासमा सुसन लामाले दर्शनीय गोल गर्दै टिमलाई १ – १ गोलको बराबरीमा पु¥याए । लगत्तै २९ औं मिनेटमा बेलबारीका कासिम राईले गोल गर्दै २–१ को अग्रतामा टिमलाई पु¥याए । मध्यान्तर अघि २–१ को अग्रता रहेको बेलबारी फुटबल क्लब रक्षात्मक खेल खेलिरहेका बेला बेलबारी बिरुद्ध योङ ब्रदर्सका रोहन कार्कीले बराबरी गोल गरे ।
आज निर्धारित ७० मिनेटको खेलमा नायक बनेका बेलबारीका सुसन तामाङ र कासिम राईले टाइब्रेकरमा पेनाल्टी प्रहार मिस गर्दा प्रतियोगिता उपाधि दावेदार मानिएको बेलबारी फुटबल क्लव उपाधि होडबाट बाहिरिएको छ । बेलबारीका दुईवटा प्रहारलाई बचाउ गर्न सफल योङ ब्रदर्सका गोल रक्षक विशाल दर्लामी मगर आजको खेलमा म्यान अफ द म्याच घोषित भए । । मङ्गलबार दोस्रो सेमिफानल खेल दूधे फुटबल क्लब झापा र योङ ब्रदर्स इलाम बीच हुनेछ

प्रकाशित मिति: २०२१-०१-२५ , समय : २०:४६:२३ , ३ वर्ष अगाडि