प्रतिष्ठानद्वारा ९० विद्यार्थीलाई न्यानो कपडा वितरण

Enepal Patra Pvt. Ltd. , ९९१  पटक हेरिएको

पथरीशनिश्चरे (मोरङ),१२ माघ । इन्द्र–कमल बास्कोटा प्रतिष्ठान पथरीशनिश्चरे ३ ले सोही वडाको जनता माध्यमिक विद्यालयमा पढ्ने ९० जना विद्यार्थीलाई न्यानो स्विटर वितरण गरेको छ । आइतबार एक समारोहका बीच प्रतिष्ठानले विद्यार्थीहरूलाई स्विटर वितरण गरेको हो । सोही विद्यालयका पूर्व विद्यार्थीहरू लीलानाथ,युवराज लगायतले आफ्ना बुबाआमाको नाम र सम्मान ताजै राख्न इन्द्र–कमल वास्कोटा प्रतिष्ठान गठन गर्नु भएको हो । संस्थाले ३ वर्ष यता जाडो महिनामा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण सँगै सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।
आमा–बाबु (इन्द्र र कमल) को प्रत्यक्ष उपस्थितिमा विद्यालय व्यवस्थापनसँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको प्रतिष्ठानका सदस्य युवराज बाँस्कोटाले बताउनु भयो । इन्द्र कमलका जेठा छोरा हाल अमेरिका निवासी लिलानाथ र बुहारी कमला बास्कोटाको सहयोगमा कार्यक्रम सम्पन्न भएको विद्यार्थी सनम चौहानले बताउनुभयो । लक्षित समुदायका विद्यार्थीलाई सहयोग गर्ने उदेश्यले प्रतिष्ठानले गत वर्ष १ लाख रुपियाँको इन्द्र–कमल शैक्षिक अक्षयकोष गठन गरेको छ । कोषको आम्दानी मध्ये २५ प्रतिशत साँवामा जम्मा हुने र ७५ प्रतिशत लक्षित विद्यार्थीको नियमित पढाइ लेखाइमा खर्च गरिने इन्द्र–कमलका माइला छोरा युवराज बास्कोटाको भनाई छ ।

प्रकाशित मिति: २०२१-०१-२५ , समय : १०:५४:०२ , ३ वर्ष अगाडि