नवोदय फुटबल क्लब सेमीफाइनलमा प्रवेश

Enepal Patra Pvt. Ltd. , ६५४  पटक हेरिएको

हरिप्रसाद काेेेेइराला
पथरीशनिश्चरे(मोरङ),  ९ माघ  । नवोदय फुटबल क्लब पथरीशनिश्चरे, पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कफ फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । नवोदयले फाइनल प्रवेशका लागि आयोजक वाईएफसीसँग खेल्नु पर्नेछ ।
आज भएको खेलमा धरान सिटी एकेडेमीलाई १–० गोलले पराजित गर्दै नवोदयले सेमीफाइनल यात्रा तय गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको १२ औं मिनेटमा नवोदयका दीपक राईले फ्रिकिक मार्फत गरेेको गोल नै आजको खेलमा निर्णायक बन्यो । आजको खेलमा निर्णायक गोलकर्ता नवोदयका दीपक राई म्यान अफ द म्याच घोषित भए । उनलाई २ हजार ५ सय नगद सहित ट्रफि प्रदान गरियो ।
भूटानी शरणार्थीहरूको संगठन वाईएफसीले आयोजना गरेको शरणार्थी च्यालेन्ज कप अन्तरगत शनिबार दूधे फुटबल क्लब झापा र विराटनगर फुटबल क्लव बीच खेल हुनेछ ।

प्रकाशित मिति: २०२१-०१-२२ , समय : २१:०३:०२ , ३ वर्ष अगाडि