आयोजक वाइएफसी बिरुद्ध योङ ब्रदर्स इलामको गोल वर्षा

Enepal Patra Pvt. Ltd. , ६२०  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ), ८ माघ । एक पक्षीय खेलमा आयोजक वाईएफसीको जुनियर टिम (बी)लाई ७–० गोल अन्तरले हराउँदै इलामको योङ ब्रदर्स सिरिजङ्घा फुटबल क्लव मोरङको पथरीशनिश्चरेमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कफ फुटबल प्रतियोगिता २०२१ को क्वाटरफाइनल प्रवेश गरेको छ ।
आजको खेलमा सन्तोष न्यौपानेले ह्याट्रिक सहित ५ गोल गरे । मोरङको पथरीशनिश्चरे –१० स्थित भूटानी शरणार्थी रङ्गशालामा भएको खेलमा आयोजक वाइएफसी बिरुद्ध १८ औं मिनेटमा योङ ब्रदर्सका सन्तोष न्यौपानेले पहिलो गरे । सन्तोषले नै प्रताप चेम्जोङलाई पास दिएको बल पुन नियन्त्रणमा लिँदै सन्तोषले गरेका हुन् । लगत्तै ३ मिनेटपछि योङ ब्रदर्स इलामका लागि दिलकुमार याक्सोले गोल गरे । ३३ औं मिनेटमा सन्तोष न्यौपाने पुन १ गोल गर्दै टोलीलाई ३–० को अग्रतामा पु¥याए ।
४९ औं मिनेटमा सनम धिमालको पासलाई सदुपयोग गर्दै सन्तोष न्यौपानेले ह्याट्रिक पुरा गरे । ४–० गोलको अग्रता कायम गरेको योङ ब्रदर्सको गोल वर्षा यतिकैमा रोकिएन । ५१ औं मिनेटमा दिलकुमार याक्सोको पासमा सनम धिमालले गोल गर्दै जितलाई ५–० को अवस्थामा पु¥याए । त्यसपछि खेलको ६५ औं मिनेटमा सन्तोष न्यौपानेले अर्को १ गोल ठोके । ब्यक्तिगत ४ र टिमका लागि छैठौं गोल गरेका सन्तोषले खेल सकिन १ मिनेट बाँकी छँदा अर्को १ गोल थप्दै ७–० गोलको फराकिलो जित दर्ता गरे । आजको खेलमा ब्यक्तिगत ५ गोल गरेका सन्तोष न्यौपानेले म्यान अफ दम्याच घोषित हुँदै २ हजार ५ सय नगद र ट्रफि हात पारे । शुक्रबार सेमीफाइनल प्रवेशका लागि धरान सिटी एकाडेमी र नवोदय फुटवल क्लव पथरीशनिश्चरे बीच खेल हुनेछ ।

प्रकाशित मिति: २०२१-०१-२१ , समय : १८:२०:४९ , ३ वर्ष अगाडि