आयोजक युथ फ्रेन्ड्ली सेन्टर सेमिफाइनलमा प्रवेश

Enepal Patra Pvt. Ltd. , ५४०  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ), ७ माघ । आयोजक भूटानी शरणार्थीहरूको फुटबल टिम वाईएफसी(युथ फ्रेन्ड्ली सेन्टर) २–० गाेलले लेटाङ फुटबल क्लबलाई हराउँदै पथरीशनिश्चरेमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कफ फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
मोरङको पथरीशनिश्चरे –१० स्थित भूटानी शरणार्थी रङ्गशालामा भएको खेलमा आयोजक वाइएफसीले राष्ट्रिय लिग खेल्ने खेलाडी मैदानमा ओरालेको थियो । नितिन थापामगर , निशान लिम्बू,विक्रम लिम्बू पदम भट्टराई जस्ता खेलाडी रहेको आयोजक टिमले खेलको १६ औं मिनेट लेटाङ विरुद्ध पहिलो गोल ग¥यो । उमेश राईले लेटाङका गोल रक्षक अन्जीत श्रेष्ठ र दुई जना अन्तिम रक्षकलाई बीट गर्दै गोल गरे । आयोजकको जीतका लागि ६५ औं मिनेटमा नितिन थापामगरले गोल गर्दै अग्रता दोब्बर बनाए । एकपक्षीय खेलमा लेटाङ बिरुद्ध आयोजक टिमले एकपछि अर्को प्रहार गरेपनि लेटाङका गोल रक्षक अन्जीत श्रेष्ठले प्रहारलाई विफल बनाइदिए ।
मध्यान्तर अघिको अतिरिक्त समयमा लेटाङका शिशिर योगीले प्रहार गरेको फ्रि किक वाईएफसीका गोल रक्षक छिरिङ तामाङले उत्कृष्ठ बचाउ गरेपछि लेटाङले बराबरी हुने मौका गुमाएको थियो । आयोजकका निशान लिम्बूले ४२ औं मिनेट प्रहार गरेको बल पोष्टबारमा लागेर फर्कियो ।
आजको खेलमा उमेश राई म्यान अफ द म्याच घोषित हुँदै २ हजार ५ सय नगद सहित ट्रफि जिते । बिहीबार आयोजक टोलीको (बी) टिम र योङ ब्रदर्स इलाम बीच खेल हुनेछ

प्रकाशित मिति: २०२१-०१-२० , समय : १९:५४:०७ , ३ वर्ष अगाडि