शिक्षक श्रेष्ठको हत्याको जिम्मा माओवादी विप्लवले लियो

Enepal Patra Pvt. Ltd. , ६४१  पटक हेरिएको

उर्लाबारी, २३ मङ्सिर । मङ्गलबार बिहान उत्तरी मोरङको मिक्लाजुङ १ बर्खेमा मारिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लवले लिएको छ । मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै विप्लवले आफ्नो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गराउन प्रहरी लगाउने, दुख दिने दिने जस्ता ज्यादति गरेको जनाएको छ ।
विप्लवको विज्ञप्तिमा श्रेष्ठलाई सुराकीको आरोप समेत लगाइएको छ । घरबाटै बाँधेर लगी १ किमी पश्चिम पु¥याएर घाँटी रेटेर मारेको प्रहरीको प्रारम्भिक भनाई छ । तर, विप्लव समूहले भने श्रेष्ठ प्रतिकारमा मारिएको बताएको छ ।उक्त समूहको मेची(कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याबारे आफ्नो भनाइ सार्वजनिक गरेको गर्दै उनी मारिनुको कारण खोलेको हो।विप्लव समूहले ५२ वर्षीय शिक्षक श्रेष्ठलाई घरैबाट लगेर जंगलमा हत्या गरेको थियो। समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको दाबी गरेको छ।तर, प्रत्यक्षदर्शीले भने उनलाई घरैबाट बाँधेर विप्लव समूहले लगेको बताएका थिए र विप्लव समूहका ६ जना थिए। यति संख्याको समूहसँग श्रेष्ठले कसरी प्रतिकार गर्न सके भन्ने कुरा खुलाइएको छैन। यस्तै, प्रतिकार गर्दा घाँटी नै रेटेर हत्या गर्नुपर्ने कारणबारे पनि केही भनिएको छैन। प्रहरीका अनुसार श्रेष्ठलाई नियन्त्रणमा लिई हात बाँकेर धारिलो हतियारले घाँटी रेटिएको छ।

श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची(कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी विज्ञप्तिमा गरिइको छ।उसले श्रेष्ठले लामो समयदेखि श्रेष्ठले सुराकी गर्दै आएको र सच्चिन पटक(पटक चेतावनी दिँदा अनसुध्रिएको दाबी गरेको छ।उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’श्रेष्ठले जनताका घरमा पटक(पटक प्रहरी पठाएर नेता(कार्यकर्तालाई खान(बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको दाबी विज्ञप्तिमा गरिएको छ।

 

प्रकाशित मिति: २०२०-१२-०८ , समय : २१:०४:३८ , ३ वर्ष अगाडि