स्वास्थ्य स्वयंसेविकालाई ६० हजार नगद सहित बिदाई

Enepal Patra Pvt. Ltd. , ८६२  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ),२२ मङ्सिर । नगर क्षेत्रमा तीन दशक लामो समय सम्म स्वास्थ्य स्वयं सेविकाको भूमिका निर्वाह गर्नु हुने दुई जनालाई पथरीशनिश्चरे नगरपालिकाले शनिबार ६०÷६० नगद रुपियाँ प्रदान गरेर बिदाई गरेको छ ।
साविक हसन्दह गाविसकी निर्मला खतिवडा र साविक पथरी गाविसकी सावित्रा न्यौपानेलाई १७ औं राष्ट्यि महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवशका अवसरमा सम्मान गर्दै बिदाई गरिएको हो । उहाँहरूले ३० वर्षको उमेर देखि समूदायमा निशुल्क स्वास्थ्य चेतना फैलाउने , खोप लगाउने , परिवार नियोजन सम्बन्धी शिक्षा दिने लगायतका काम गर्दै आउनु भएको थियो । उहाँहरू दुबै जनालाई ६० वर्ष पुगेपछि बिदाई गरिएको हो ।
शान्ति भूल्के सिमसार क्षेत्रमा आयोजित कार्यक्रममा न्यौपाने र खतिवडालाई, नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाले नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभयो । सरकारले नियुक्ति गरे पनि स्वास्थ्य स्वयं सेविकालाई कुनै पारिश्रमिकको ब्यवस्था छैन् । पथरीशनिश्चरे नगर पालिकाले २०७५ साल देखि ने नगरका महिला स्वास्थ्य स्वयं सेविकालाई ६० वर्ष पुगेपछि ६० हजार नगद सहित बिदाई गर्ने गरेको छ । पछिल्लो समय सङ्घीय सरकारले २० हजार र प्रदेश सरकारले २० हजार रुपियाँ समेत दिने घोषणा गरेको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-१२-०८ , समय : ०९:१०:११ , ३ वर्ष अगाडि