कांग्रेस उमेदवार शर्मालाई ११ स्वतन्त्र उमेदवारकाे समर्थन

लाेकतान्त्रिक बाम गठबन्धन उमेदवार शर्मालाई अभुतपुर्व समर्थन

ईनेपालपत्र , ७२७  पटक हेरिएको

११ उमेदवारकाे विज्ञप्ति

बेलबारी , माैन अवधि सुरु हुन केही घण्टा बाँकी रहँदा माेरङकाे निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका प्रतिनिधि सभा उमेदवार डाक्टर सुनील कुमार शर्मालाई अभुतपुर्व समर्थन जुटेकाे छ ।
माेरङ ३ मा प्रतिनिधि सभामा उमेदवारी दर्ता गराएका १० जना स्वतन्त्र उमेदवारले डाक्टर शर्मालाई समर्थन गर्दै प्रेस विज्ञप्ति निकालेपछि शर्मालाई अभुतपुर्व समर्थन जुटेको हाे । दस उमेदवारले सामुहिक रुपमा निकालेको विज्ञप्तिमा याे चुनाबलाई राष्ट्रिय पर्वका रुपमा लिएर गठबन्धनका उमेदवारलाई आफ्नो समर्थन रहेको उल्लेख गरिएको छ ।विज्ञप्तिमा भनिएकाे छ – हाम्रा एजेन्डा र गठबन्धनका साझा उमेदवारका एजेन्डा समान रहेकोले हामीले डाक्टर सुनीलकुमार शर्मा न्याैपानेलाई समर्थन गरेका छाैं ।प्रतिगमनका पक्षधरलाई पराजित गरि देशमा लाेकतान्त्रिक ब्यवस्थालाई संस्थागत गर्ने अभियानमा हाम्राे समर्थन रहेको छ,१० उमेदवारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा हस्ताक्षर गर्ने स्वतन्त्र उमेदवारहरूमा रेवतकुमार बस्नेत,चन्द्रकला खत्री ,जीवनाथ निराैला,बाबुराम सुवेदी ,कमल राजवंशी र पंकजकुमार भगत छन् ।यस्तै सुरेश भण्डारी ,प्रकाश भट्टराई ,धर्मप्रसाद न्याैपाने र अरविन साहले डाक्टर शर्मालाई सहयाेग गर्ने भन्दै विज्ञप्ति सार्वजनिक गरेकाछन् ।
माेरङ ३(१) का स्वतन्त्र उमेदवार धनबहादुर कार्कीले समेत डाक्टर शर्मालाई निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता गरेकाछन् ।
११ जना स्वतन्त्र उमेदवारकाे समर्थन भएसँगै अघिल्लो निर्वाचनमा घाइते भएका डाक्टर शर्मा प्रतिनिधि सभाकाे सदस्य बनेर सिंहदरबार छिर्ने बाटाे सहज बन्दै गएको छ ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : २१:५३:४८ , १ वर्ष अगाडि