मानबहादुरका अगाडि दिलिप फिका

टेष्टेड दिलिप भन्दा अनटेष्ट मानबहादुर अघि

ईनेपालपत्र , ४१३  पटक हेरिएको

पथरी/ मङ्सिर ४ आउन ३ दिन बाँकी हुँदा मोरङ ३(१) का एमाले उम्मेद्वार दिलिपकुमार राई(किशोर) लाई मतदाताले पथरीशनिश्चरेको मेयर हुँदा कुन कुन योजना पुरा गर्नु भयो भनेर प्रश्न गर्न थालेका छन् ।
झुटको पुलिन्दा बोकेर मतदाताको घर दैलोमा पुगेका राईलाई २०७४ को स्थानीय निकायमा बाढको सपना कुन कुन पुरा गर्नु भयो भनेर प्रश्न गरेका हुन् । राईले २०७४ मा पथरीशनिश्चरे नगरपालिकामा एमालेको उम्मेद्वार भई मेयर जितेका थिए । तत्कालिन पथरी गाविसको फोहोर मैला ब्यवस्थापन समितिमा संयोजक भएर काम गर्दा गाविसको ट्याक्टर नै हिनामिना गरेका राई मेयर जितेपछि झनै विवादस्पद काम गरे । मेयर बन्नु पूर्व जनतालाई बाढेको प्रतिबद्धता पत्रमा उनले उल्लेख गरेका कामहरू कुनै पनि पुरा हुन सकेका छैनन । उनले बाढेको प्रतिबद्धता पत्र तस्विरमा रहेको छ ।
उनले कालोपत्रे सहित चक्रपथ बनाउने भनेका थिए । तर, चक्रपथ बन्ने त कता कता हो पहिलेको प्रस्तावित नक्शा समेत हराएको छ । उनले नो मास्क सिटी बनाउने भनेका थिए , तर अहिले पनि प्रमुख बजारका अधिकांश सडक हिउँदेमा धुलाम्मे र बर्षायाममा हिलाम्मे हुन्छन् । नगर प्रहरी कार्यालय र वडा वडामा प्रहरी कार्यालय खोल्ने उनको योजना नै तुहियो । बरु उनको कार्यकालमा पथरीशनिश्चरे नगर जिल्ला कै सबैभन्दा बढी अपराध र हत्या हुने नगरका रुपमा चिनियो । नगरपालिका झिलिक्क घरघर टिलिक्क कार्यक्रमले उनलाई नै गिज्याइरहेको छ । नगरका दक्षिणी वडाका वासिन्दाले राजनिितक पूर्वाग्रहकै कारणले न जस्तापाता पाए । न सडक कालोपत्रे गर्ने कार्यक्रम नै गयेो ।
त्यति मात्र होइन, तत्कालिन मेयर राईले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै नगर कार्यपालिकाको बैठकबाटै निर्णय गराएर घर भाडा लिने ब्यवस्था मिलाएका थिए । २४ घण्टामा १८ घण्टा कमाउ धन्दामा लागेका मेयर राईले अहिले राजधानीम जग्गा जोडिसकेका छन् भने पथरीशनिश्चरे नगर बाहिर पनि घर जोडिसकेका छन् । ओली सरकारले दोस्रो पटक संसद बिगठन गरेपछि दुइटै खुट्टा उचालेर नेकपा एसमा जान लागेका राईलाई मोरङ कै केही नेताले नेकपा एसमा जानबाट रोकेको थिए । पथरी बजारमा ओलीको प्रतिगमन बिरोधी आन्दोलनमा नारा लगाउन सम्म भ्याएका राईलाई त्यसबेला पनि प्रलोभनमा परेर एमालेमा बसेको आरोप लागको थियो ।
उनै राई यतिबेला कांग्रेसका सादगी नेता मानबहादुर लिम्बूसँग मोरङ ३(१) मा प्रदेस सभा सदस्यका लागि आमने सामने छन् । नयाँ मतदाता भन्छन् – आश्वासन दिनेलाई होइन , पाकाहरूलाई भरोसा दिने र युवाको साथ लिने नेतालाई मत दिन्छाैं ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : १९:३२:३९ , १ वर्ष अगाडि