मतदातासँग डाक्टर सुनीलकाे अपिल , मत दिनुहाेस अझ प्रभाबकारी सेवामा लाग्छु

ईनेपालपत्र , ६७५  पटक हेरिएको

बेलबारी ,नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभामा माेरङ ३का प्रत्यक्ष उमेदवार डाक्टर सुनील शर्माले निर्वाचनको पुर्व सन्ध्यामा आम मतदातासँग सहयोगकाे अपिल गरेका छन् । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रचार प्रसारको क्रममा कार्यकर्ताले देखाउनु भएको अपार समर्थन र सहयोग प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । उनले क्षेत्रका सवै मतदाताको घर घर सम्म पुग्ने मेरो ईच्छा हुँदाहुँदै पनि समयको सिमितताको कारण पुग्न नसकेकोमा आफ्नो ब्यस्ततालाई बुझिदिन मतदातासँग आग्रह गरेकाछन् । सबैको घर आँगनमा पुग्न सकिन,घर दैलोको क्रममा आँउदा कतिपय मतदाताहरु सँग प्रत्यक्ष भेट हुने अवसर पनि जुरेन । उनले मुरी थन्क्याउने समयमा निर्वाचन ताेकिएकाेले भेटघाट असहज भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन् – ३ (क) का मेरा सहयात्री उम्मेदवार आदरणीय नेता शेखरचन्द्र थापाको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ । शोक बाेकेर मतदाताहरू समक्ष पुग्दा हाम्रो मन मस्तिष्क शेखर दाइ वरिपरि घुमिरह्याे ,अझै घुमिरहेकाे छ ।स्वर्गीय थापाको योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै हार्दिक श्रदासुमन अर्पण गर्दछु । उहाँको चीरकाल सम्म स्मरण हुने गरि उहाँले थालेका कामहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछु,शर्माले आफ्नो विज्ञप्तिमा भनेका छन् । निर्वाचन आयोगले तोकिएकै मितिमा मतदान सम्पन्न गर्ने गरि तालिका प्रकाशन गरेको बाध्यात्मक परिस्थितिमा हामीले छोटो समयमा अर्का उम्मेदवार खडा गर्नुपर्ने परिस्थिति आईपर्यो । शोकको कठिन घडिमा पनि शोकाकुल परिवार, तमाम कार्यकर्ता र क्षेत्र बासि आम मतदाताले देखाउनु भएको अदम्य धैर्यता र शालिनताको उच्च सम्मान गर्दछु । उनले शोकलाई शक्तिमा बदलेर मलाई रुख चिन्हमा, प्रदेश सभा ३ (क) का उम्मेद्वार मानबहादुर लिम्बुलाई रुखमा तथा प्रदेश ३ (ख) का उम्मेद्वार लक्ष्मी प्रसाद श्रेष्ठलाई कलम चिन्हमा मतदान गरि अत्यधिक मतले बिजयी गराई दिनुहुन अपिल गरेकाछन् ।

शर्माले आफुले बोलेका र घोषणा गरेका कार्यक्रमहरु प्रति ईमान्दारिताका साथ कार्यान्वयन गर्न प्रतिबद्धा समेत विज्ञप्ति मार्फत गरेकाछन् । आफू आम नेपाली जस्तै एउटा सामान्य पृष्ठभुमिबाट आएको ब्यक्ति भएको उल्लेख गर्दै आफू प्रति हुने स्वस्थ्य आलोचनाहरुलाई हार्दिकताका साथ आत्मासात बताएका छन् । बिगत लामो समयदेखि तपाईहरुको सेवा र यस क्षेत्रको विकासमा लागिरहेकोले अब पनि
सुकुम्वासी समस्या, आर्थिक अभावकै कारण उपचार नपाएर मर्नु पर्ने अवस्था अन्त्य गर्ने, शिक्षामा आमूल सुधार गर्ने, कृषिलाई उद्योगको रुपमा बिकास गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने कुरा मेरो प्रमुख प्राथमिकता रहनेछन् ,उनलेे विज्ञप्तिमा भनेका छन् ।

उनले आफआफु यसै क्षेत्रमा हुर्केको र बिगत लामो समय देखि यहाँहरुकै क्षेत्रमा कार्यरत भएको बताउँदै सांसद भए पछि पनि कुनै तलब र सेवा सुविधा नलिने घोषणा गर्दछु । यस भेगको बिकास र समृद्धिको सवालमा कुनै पनि कसर बाँकी न राख्ने प्रतिबद्धता व्यक्त गर्दछु, शर्माले विज्ञप्तिमा भनेकाछन् । उनले रुखमा मतदान गर्न आग्रह गर्दै जितेपछि पनि सुनील शर्मा मतदाताकै बिचमा रहने प्रतिबद्धता ब्यक्त गरेकाछन् ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : १६:४०:०५ , १ वर्ष अगाडि